१६ वर्षअघि ट्याक्सी चालकको हत्यापछि फरार व्यक्ति पक्राउ, तोकिएको थियो २० वर्ष सजाय | Khabarhub Khabarhub

१६ वर्षअघि ट्याक्सी चालकको हत्यापछि फरार व्यक्ति पक्राउ, तोकिएको थियो २० वर्ष सजाय


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले कर्तव्य ज्यान मुद्दामा १६ वर्षदेखि फरार एकजना अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका-३ घट्टेका ३७ वर्षीय वीरमानसिंह भुलन तामाङ छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका-२० सुनाकोठीबाट बिहीबार पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार तामाङलाई जिल्ला अदालत भक्तपुरले २०७८ भदौ ३ गते २० वर्ष कैद सजाय सुनाएको थियो।

२०६६ साल मंसिर २६ गते राति साढे १२ बजे तामाङले बा१ज ९१४ नम्बरको ट्याक्सी चालक रोशी गाउँपालिका-४ का २३ वर्षीय मेघबहादुर तामाङको हत्या गरेको प्रहरीले जनाएको छ।

वीरमानसिंहले ठमेलबाट कोटेश्वर जानु छ भन्दै भक्तपुर ठिमी नगरपालिका-१६ स्थित नरेफाँट लगेर तामाङको हत्या गरेका थिए।

त्यसबेला वीरमानसिंहसहित चारजना घटनामा संलग्न थिए। अन्य अभियुक्त पक्राउ परिसकेका छन्।

तामाङको खुट्टा बाँधेर घाँटीमा गलबन्दीले कसेर हत्या गरिएको थियो। हत्यापछि उनको साथबाट नगद र मोबाइल लुटपाट गरिएको थियो।

वीरमानसिंहलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुर पठाइएको छ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ४ : ४२ बजे

बालुवाटारमा वर्षमानको प्रस्ताव: ०४६ पछि सार्वजनिक ओहोदामा बसेकाको सम्पत्ति छानबिन गरौँ

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले ०४६ पछि

दल र जेनजीका प्रतिनिधिलाई प्रधानमन्त्रीले भनिन्– म यहाँ रहरले आएको होइन

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आफू सरकारको नेतृत्व लिन रहरले आएको

बालुवाटार बैठकपछि सागर ढकालः दललाई बाइपास गरेर जान सकिँदैन

काठमाडौँ– सागर ढकाल जेन जीको प्रतिनिधि बनेर प्रधानमन्त्रीको सरकारी निवासमा

सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच बैठक : निर्वाचनसँगै सुशासन प्रवर्द्धनमा जोड

काठमाडौं – निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र

अब चुनाव प्रविधिमैत्री हुनुपर्छ : सागर ढकाल

काठमाडौं – जेन–जी आन्दोलनका अगुवाहरूले राष्ट्रपतिसँग औपचारिक सम्झौताको तयारी भइरहेको