स्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक ‍ | Khabarhub Khabarhub

स्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक ‍


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यपालिका सार्वजनिक गरेको छ । विश्वद्याविलयले शुक्रबार आगामी चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचनको कार्यपालिका सार्वजनिक गरेको हो ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले फागुन १९ गतेदेखि चैत ५ गतेसम्मको निर्वाचन कार्यपालिका बनाएको छ । तालिकामा फागुन १९ गते दिउँसो ३ बजेसम्म संघ/संगठन/समूह दर्ता गर्ने अन्तिम समय तोकिएको छ । 

निर्वाचन कार्यतालिकाअनुसार फागुन २१ गते मतदाता सूची प्रकाशित हुने, फागुन २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने र मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी बेलुकी ५ बजे अन्तिम नामावली प्रकाशित गरिने छ । 

यो पनि पढ्नुहोस् : नजिकियो स्ववियु निर्वाचन : के गर्दै छन् विद्यार्थी संगठन ?

फागुन २७ गते प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय तोकिएको छ । त्रिविले प्रचारप्रसार गर्ने समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्म निर्धारण गरेको छ । 

निर्वाचन तालिकाअनुसार चैत २ गते राति १२ बजेपछि मौन अवधि सुरु हुनेछ । मतदान भने चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म निर्धारण गरिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ६ : १५ बजे

सुनसरी–मोरङका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

सुनसरी– जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र

भोजपुरको ‘शङ्खामचुली दिमालुङ पदमार्ग’ पर्यटकको आकर्षक गन्तव्य

भोजपुर- भाेजपुरकाे हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग

गाडीले किचेर एकजनाको मृत्यु

दाङ– दाङको देउखुरीमा गाडीले किचेर आइतबार बिहान एकजनाको मृत्यु भएको

चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च

चितवन-  चितवन जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा

गाजामा कुपोषणका कारण मृत्यु बढ्यो

गाजा – इजरायलले गाजामा मान्छे मार्नेक्रम रोकिएको छैन। शनिबार मात्र