राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा « Khabarhub

राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको गौरीगङ्गामा जारी जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

गौरीगङ्गा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को सहकार्यमा भइरहेको उक्त फुटबल प्रतियोगिताको चौथो दिन हुने खेलमा कोशी प्रदेशले अनुपस्थित जनाएपछि लुम्बिनी प्रदेश सिधैँ अन्तिम चारमा पुगेको हो ।

कोशी प्रदेशको लिग विजेता बनेको र प्रेसिडेन्ट कपमा सहभागिता जनाउने भएकाले कोशीको गाईघाट फुटबल क्लबले अनुपस्थित हुने पत्राचार गरेपछि लुम्बिनी सेमिफाइनल पुगेको हो । योसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।

लुम्बिनी प्रदेशको राइजिङ स्टार क्लबले अब फाइनल प्रवेशका लागि बागमती प्रदेशको लक्की स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा कर्णाली र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले रु पाँच लाख नगदसहित ट्रफी पाउने छभने उपविजेताले रु दुई लाख ५० हजार नगदसहित ट्रफी मेडल पाउनेछ ।

सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार, उत्कृष्ट गोलरक्षक रु १५ हजार, उत्कृष्ट रक्षक रु १५ हजार, उत्कृष्ट फरवार्ड रु १५ हजार, सर्वाधिक गोलकर्ता रु १५ हजार, उदीयमान खेलाडी रु १५ हजार र फेयर प्ले टोलीलाई रु १५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ ले नगद रु पाँच हजारसहित ट्रफी दिइने आयोजकले जनाएको छ ।सात प्रदेशका टोलीको सहभागिता रहेको प्रतियोगिता यही फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ९ : ५४ बजे

काठमाडौं-५ का कांग्रेस उम्मेद्वार पौडेलको प्रतिबद्धता : मेडिकल हबदेखि डिजिटल इनोभेसन हबसम्म 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा

चार वर्षअघि एमाले छाडेका नेता भण्डारी एमालेमै फर्किए

दोलखा– नेकपा एमाले विभाजित भएपछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका

धादिङ बस दुर्घटनाः घाइते २२ जनाको काठमाडौंमा उपचार

काठमाडौं – पोखराबाट काठमाडौं आउँदै गर्दा धादिङमा दुर्घटना भएको ग

गीत ‘लम्जुङ्गे बाजा’ सार्वजनिक

काठमाडौं – ‘लम्जुङ्गे बाजा’ शीर्षकको पञ्चेबाजा गीत सार्वजनिक भएको छ

वैकल्पिक राजनीतिको ‘ल्याब टेस्ट’ र नायकवादको विकृति

नेपालको संसदीय इतिहासमा विक्रम संवत् २०८२ फागुन २१ गते हुन