राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा | Khabarhub Khabarhub

राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको गौरीगङ्गामा जारी जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

गौरीगङ्गा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को सहकार्यमा भइरहेको उक्त फुटबल प्रतियोगिताको चौथो दिन हुने खेलमा कोशी प्रदेशले अनुपस्थित जनाएपछि लुम्बिनी प्रदेश सिधैँ अन्तिम चारमा पुगेको हो ।

कोशी प्रदेशको लिग विजेता बनेको र प्रेसिडेन्ट कपमा सहभागिता जनाउने भएकाले कोशीको गाईघाट फुटबल क्लबले अनुपस्थित हुने पत्राचार गरेपछि लुम्बिनी सेमिफाइनल पुगेको हो । योसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।

लुम्बिनी प्रदेशको राइजिङ स्टार क्लबले अब फाइनल प्रवेशका लागि बागमती प्रदेशको लक्की स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा कर्णाली र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले रु पाँच लाख नगदसहित ट्रफी पाउने छभने उपविजेताले रु दुई लाख ५० हजार नगदसहित ट्रफी मेडल पाउनेछ ।

सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार, उत्कृष्ट गोलरक्षक रु १५ हजार, उत्कृष्ट रक्षक रु १५ हजार, उत्कृष्ट फरवार्ड रु १५ हजार, सर्वाधिक गोलकर्ता रु १५ हजार, उदीयमान खेलाडी रु १५ हजार र फेयर प्ले टोलीलाई रु १५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ ले नगद रु पाँच हजारसहित ट्रफी दिइने आयोजकले जनाएको छ ।सात प्रदेशका टोलीको सहभागिता रहेको प्रतियोगिता यही फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ९ : ५४ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित