नेपाल राष्ट्र बैंकले थप ३० अर्ब निक्षेप संकलन गर्ने | Khabarhub Khabarhub

नेपाल राष्ट्र बैंकले थप ३० अर्ब निक्षेप संकलन गर्ने


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले थप ३० अर्ब निक्षेप संकलन गर्ने भएको छ । सो बैंकको मौद्रिक व्यवस्थापन विभागले आइतबार सूचना जारी गर्दै २१ दिनको लागि ३० अर्ब रुपैयाँ थप निक्षेप संकलनको लागि बोलकबोल आह्वान गरेको हो ।

राष्ट्र बैंकले आज ३ बजेभित्र नै अनलाईन बिडिङमार्फत् बोलकबोल गर्नुपर्ने जनाएको छ । जसको सावाँ ब्याज भुक्तानी चैत ३ गते हुने सूचनामा उल्लेख गरिएको छ ।

बोलकबोल गर्दा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । 

सूचनाअनुसार सो निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउने छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १ : २६ बजे

म्याग्दीको पात्लेखेत पहिरोको जोखिममा

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-१० पात्लेखेत गाउँ पहिरोको जोखिममा परेको छ

उच्च अदालतले पनि छोड्न मानेन रविलाई, माग्यो कैफियत प्रतिवेदन

काठमाडौँ- उच्च अदालत दाङको बुटवल इजलासले पनि सहकारी ठगीमा हाल

संवैधानिक इजलासमा गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत

काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलास गठनमा विवाद र

चिप्ले खोल्सी सिँचाइ आयोजनाको ड्याममा डुबेर एक जनाको मृत्यु

गोरखा–  पालुङटार नगरपालिका-७ सल्लाघारी कटरपाटा बस्ने ५४ वर्षीय काली बहादुर बरामको सोही

साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थपियो

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिनामा रु १४