‘शाइन रेसुंगा राष्ट्रिय टेन के रन’ को उपाधि सन्तोषी र मिङ्‌मारलाई « Khabarhub

‘शाइन रेसुंगा राष्ट्रिय टेन के रन’ को उपाधि सन्तोषी र मिङ्‌मारलाई


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन्तोषी श्रेष्ठ र मिङ्गमारसिंह तामाङले ‘शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन’को उपाधि जितेका छन् ।  

रुपन्देहीको बुटवलमा आइतबार सम्पन्न प्रतियोगितामा महिलातर्फ सन्तोषी र पुरुषतर्फ मिङ्गमार च्याम्पियन बनेका हुन् । च्याम्पियन बन्दै दुवै खेलाडीले नगद एक लाख रुपैयाँ प्राप्त गरे । 

सन्तोषीले निर्धारित दुरी ३६ दशमलव २१ सेकेन्डमा पुरा गरिन् । पूर्णराज्य लक्ष्मी न्यौपाने दोस्रो, पुष्पा भण्डारी तेस्रो, आशा रावल चौथो र नारायणी भण्डारी पाँचौँ बनिन् । पुरुषतर्फ नागेश्वर ऐर दोस्रो, गणेशसिंह रावत तेस्रो, सन्जीव नेपाली चौथो र अक्कल बडवाल पाँचौँ भए ।

दुवै विधाका दोस्रोले ४० हजार, तेस्रोले २० हजार, चौथोंले १५ हजार र पाँचौँ हुनेले १० हजार रुपैयाँ प्राप्त गरेका   छन् ।

यस्तै, स्थानीय पाँच किलोमिटर स्पर्धामा शिव रायमाझी र पूजा पछाईं विजेता बने । पुरुषमा अजय पाण्डे दोस्रो, मुकेश थारु तेस्रो र प्रेमलाल कोहार चौथो बने । महिलातर्फ तेजमाया कुँवर दोस्रो, प्रकृति घिमिरे तेस्रो र प्रतिभा केवर चौथौँ बने ।

यस्तै भेट्रान्स स्पर्धामा महिलातर्फ मनकुमारी रायमाझी पहिलो र गोमा सुबेदी दोस्रो बनिन् । पुरुषतर्फ युव बहादुर राना पहिलो, गोविन्द थापा दोस्रो, केशर सिंह महत तेस्रो र टेकबहादुर बुढाथोकी चौथो भए । दुवै स्पर्धाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् ।

बुटवल कालिकानगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु भएको दौड मणिग्राम चोक पुगेर केन्द्रीय कार्यालयमा आएर समापन भएको थियो ।

शाइन रेसुङ्गा डेभलोपमेन्ट बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा ओलम्पियन बैकुन्ठ मानन्धर प्रमुख अतिथि रहेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले खेलकुदमार्फत समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १ : ५८ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।