डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकार बोल्टन पदबाट बर्खास्त « Khabarhub

डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकार बोल्टन पदबाट बर्खास्त


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट हटाइदिएका छन् ।

पछिल्लो ३ वर्षमा राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट हटाइनेमध्ये बोल्टन तेस्रा व्यक्ति हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस (राष्ट्रपति कार्यालय)लाई अब बोल्टनको सेवाको आवश्यकता नरहेको बताएका छन् । बोल्टनका धेरै निर्णयप्रति आफ्नो घोर आपत्ति रहेको पनि ट्रम्पले उल्लेख गरेका छन् ।

तर, बोल्टनले भने आफूले राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट राजीनामा दिएको दाबी गरिरहेका छन् ।

राष्ट्रपति ट्रम्पले सन् २०१८ को अप्रिलमा बोल्टनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको पदमा नियक्त गरेका थिए । बोल्टन माइकल फ्लिन र एचआर मेकमास्टर पछि राष्ट्रपति ट्रम्पका तेस्रो राष्ट्रिय सुरक्षा सल्लाहकार हुन् ।

बीबीसीका अनुसार अफगानिस्तानको विषयलाई लिएर राष्ट्रपति ट्रम्पले बोल्टनलाई पदमुक्त गरेका हुन सक्छन् । तालिबान नेतासँगको प्रस्तावित शान्ति वार्ता रद्द गर्ने ट्रम्पको निर्णयप्रति बोल्टनले आलोचना गरेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ११ : ३७ बजे

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी