पश्चिम किनाराका तीन शरणार्थी शिविर ‘खाली’ गरियो  « Khabarhub

पश्चिम किनाराका तीन शरणार्थी शिविर ‘खाली’ गरियो 


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इजरायली रक्षा मन्त्रालयले कब्जा गरिएको पश्चिमी किनाराको उत्तरमा रहेका तीन वटा शरणार्थी शिविरलाई सेनाले ‘खाली’ गरेको जनाएको छ । 

शिविरमा आगामी एक वर्षसम्म अन्य बस्ती बस्न रोक लगाइएको पनि सेनाले बताएको छ । 

‘अहिलेसम्म ४० हजार प्यालेस्टिनीलाई जेनिन, तुलकर्म र नुर शम्सको शरणार्थी शिविरबाट बाहिर निकालिएको छ,’ इजरायली रक्षामन्त्री इजरायल काट्जले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

उनले भने, ‘मैले सेनालाई खाली शिविरहरूमा लामो समयको उपस्थितिको लागि तयारी गर्न र त्यहाँका बासिन्दाहरूको फिर्ती र आतङ्कवादको पुनरुत्थान रोक्न निर्देशन दिएको छु।’

यसअघि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले बन्धक रिहाइका समय गर्ने ‘अपमानजनक समारोह’ रोक्ने प्रतिबद्धता नआएसम्म गाजा युद्धविराम सम्झौताअन्तर्गत प्यालेस्टिनी कैदीहरूको सातौँ समूहको रिहाइ प्रक्रिया ढिलो हुने बताएका छन् । 

सम्झौता अन्तर्गत सशस्त्र इस्लामिक लडाकू समूह (हमास) ले शनिबार बन्धकको रिहाइ प्रक्रिया अन्तर्गत सातौँ समूहका छ बन्धकको रिहाइ गरिसकेको छ । 

बदलामा इजरायलले ६०० प्यालेष्टिनी बन्दीलाई शनिबार नै रिहा गर्ने सहमति भए पनि बन्धक रिहाइका समय हमासले गरेका ‘समारोह’ले हमासले बन्धक बनाएका इजरायली नागरिकको अपमान भएको भन्दै इजरायलले बन्दी रिहा गर्न ढिलाइ गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ५ : २८ बजे

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला