काठमाडौं- अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतको तेस्रो खेलमा म्यानमार र आयोज नेपाल भिडिरहेका छन् ।
काठमाडौंको दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल र म्यानमार दुवैले २-२ गोलको बराबरी गरेका छन् ।
तर खेलमा अग्रता भने छैटौँ मिनेटमै म्यानमारले बनाएको थियो । म्याट नोए खिनले करिब २५ यार्डबाट फ्रीकिकमा सिधै गोल गरेकी थिइन् ।
नेपाली गोलकिपर अन्जन राना मगरले बललाई रोक्न नसकेपछि जाली चुम्न पुग्यो ।
म्यानमारले अग्रतथा लिएलगत्तै नेपालले बराबरी गोल फर्कायो । खेलको ११औं मिनेटमा सविता राना मगरले बराबरी गोल गरिन् ।
सावित्रा भण्डारीले मैदानको बायाँबाट अगाडि बढ्दै सिक्स यार्ड बक्सबाट दिएको पासलाई सविताले जाली चुमाइन् । सविताले राम्रो फिनसिङसहित बराबरी गरेकी थिइन् ।
त्यसपछि म्यानमारले खेलको १६ औँ मिनेटमा नेपालविरुद्ध दोस्रोपटक अग्रता लिएको थियो । पछि परेपछि दबाबमा परेको नेपालका लागि खेलको ४१ औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले गोल फर्काइन् ।
खेलको ४१औं मिनेटमा सावित्राले डी बक्सबाहिरबाट आएको पासलाई पावरफुल सटसहित जाली चुमाउँदै खेललाई २-२ को बराबरी बनाइन् ।











प्रतिक्रिया