साम्बा चम्किँदा पहिलो हाफमा म्यानमारसँग नेपालको बराबरी (तस्बिरहरू) « Khabarhub

साम्बा चम्किँदा पहिलो हाफमा म्यानमारसँग नेपालको बराबरी (तस्बिरहरू)


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतको तेस्रो खेलमा म्यानमार र आयोज नेपाल भिडिरहेका छन् ।

काठमाडौंको दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल र म्यानमार दुवैले २-२ गोलको बराबरी गरेका छन् ।

तर खेलमा अग्रता भने छैटौँ मिनेटमै म्यानमारले बनाएको थियो । म्याट नोए खिनले करिब २५ यार्डबाट फ्रीकिकमा सिधै गोल गरेकी थिइन् ।

नेपाली गोलकिपर अन्जन राना मगरले बललाई रोक्न नसकेपछि जाली चुम्न पुग्यो ।

म्यानमारले अग्रतथा लिएलगत्तै नेपालले बराबरी गोल फर्कायो । खेलको ११औं मिनेटमा सविता राना मगरले बराबरी गोल गरिन् ।

सावित्रा भण्डारीले मैदानको बायाँबाट अगाडि बढ्दै सिक्स यार्ड बक्सबाट दिएको पासलाई सविताले जाली चुमाइन् । सविताले राम्रो फिनसिङसहित बराबरी गरेकी थिइन् ।

त्यसपछि म्यानमारले खेलको १६ औँ मिनेटमा नेपालविरुद्ध दोस्रोपटक अग्रता लिएको थियो । पछि परेपछि दबाबमा परेको नेपालका लागि खेलको ४१ औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले गोल फर्काइन् ।

खेलको ४१औं मिनेटमा सावित्राले डी बक्सबाहिरबाट आएको पासलाई पावरफुल सटसहित जाली चुमाउँदै खेललाई २-२ को बराबरी बनाइन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ६ : ५५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर