पत्रकारलाई धम्क्याउने काम बन्द गर्न महासङ्घको माग  « Khabarhub

पत्रकारलाई धम्क्याउने काम बन्द गर्न महासङ्घको माग 


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

धनगढी– समाचार प्रकाशित गरेको विषयमा पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासङ्घले विरोध गरेको छ ।

पश्चिम टुडे अनलाइनमा प्रकाशित ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ शीर्षकको लेखलाई लिएर सम्पादक दीर्घराज उपाध्यायलाई धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका समर्थकहरूले धम्क्याएको घटनामा महासङ्घले विरोध गरेको हो ।

नेपाल पत्रकार महासङ्घ सुदूर पश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्ट र नेपाल पत्रकार महासङ्घ कैलालीका सचिव तेजराज भट्टले एक विज्ञप्ति जारी गर्दै उपाध्यायलाई मेयर हमालका समर्थकरुले सामाजिक सञ्जाल र व्यक्तिगत रुपमा धम्की दिएको घटनाको निन्दा गर्दै दोषी उपर कारबाहीका लागि सरकारसँग माग गरेका छन् ।

‘समाचार वा लेखका बारेमा चित्त नबुझे कानूनी उपचारका थुप्रै उपायहरू हुँदै पत्रकारलाई धम्क्याउने कार्यप्रति पत्रकार महासङ्घ निन्दा गर्दछ’, जारी विज्ञप्तिमा भनिएको छ । धम्क्याउने कार्यमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याई पत्रकार उपाध्याय र परिवारका सदस्यहरूको सुरक्षाका लागि सम्बन्धित निकायसँग माग गरिएको छ ।

उपाध्यायले धनगढीका नागरिकहरूका तर्फबाट आएका गुनासाहरूको उठान गर्दै पश्चिम टुडे डटकम अनलाइन न्यूज पोर्टलमा फागुन ५ गते ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ शीर्षकमा समाचार प्रकाशित गरेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ९ : २४ बजे

पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने

काठमाडौँ– सरकारले आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ

विश्वकप लिग २ : त्रिवि मैदानमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको महत्त्वपूर्ण

पर्सा राष्ट्रिय निकुञ्जमा ‘वन्यजन्तु उद्धार टोली’ तयार

वीरगञ्ज– पर्सा राष्ट्रिय निकुञ्जले घाइते भएका वन्यजन्तुको तत्कालै उद्धारको लागि

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभीरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग

प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक