सेनाले राष्ट्रको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको छः प्रदेश प्रमुख मियाँ « Khabarhub

सेनाले राष्ट्रको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको छः प्रदेश प्रमुख मियाँ


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपाली सेनाले राष्ट्रको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको बताएका छन् ।

सुदूरपश्चिम पृतना हेडक्वार्टरले धनगढीमा आज आयोजना गरेको महाशिवरात्री तथा २६२औँ नेपाली सेना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाँले सेनाले स्थापनाकालदेखि नेपालीको सुखदुःखमा हातेमाले गर्दै आएको बताए ।

उनले नेपाली सेनाले नागरिकको सुरक्षामा दिएको योगदानको प्रशंसा गरे । उनले भूकम्प, बाढी, पहिरोलगायत महामारीमा नेपाली सेनाले जनताको सुरक्षामा निर्वाह गरेको भूमिका उत्कृष्ट रहेको बताए ।

उनले भने, “आफ्नो प्राथमिक जिम्मेवारीको अलावा राष्ट्रको विकास, प्राकृतिक संरक्षण तथा अन्तरराष्ट्रियस्तरमा शान्ति स्थापनामा नेपाली सेनाले पु¥याएको योगदान प्रशंसनीय छ ।”

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय एकता र विकासमा सेनाको भूमिका महत्त्वपूर्ण रहेको बताए । मुख्यमन्त्री शाहले नेपाली सेना राष्ट्रको गौरवशाली सङ्गठन भएको बताउँदै भौगोलिक अखण्डता, स्वाधीनता, सार्वभौमसत्ता तथा राष्ट्रिय एकताको रक्षा गर्नु महत्त्वपूर्ण जिम्मेवारी रहेको बताए ।

सुदूरपश्चिम पृतनाका उपरथी प्रकाश देउजाले नेपाली सेनाले विपद् व्यवस्थापन, जनसुरक्षा, विकास निर्माण तथा संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै जनताको विश्वास जित्न सफल भएको उल्लेख गरे ।

कार्यक्रममा पाँच किलोमिटर र १० किलोमिटरको पुरुष तथा महिला दौड प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सातै प्रदेशको संस्कृति झल्किने झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो । नेपाली सेनाले जनताको उद्धार तथा युद्धमा प्रयोग गरिने उपकरण तथा साधन प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ९ : १२ बजे

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने