परिवर्तन विरोधी शक्ति सक्रिय : अध्यक्ष दाहाल « Khabarhub

परिवर्तन विरोधी शक्ति सक्रिय : अध्यक्ष दाहाल


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्था परिवर्तन भए पनि अपेक्षाअनुरुप जनताको अवस्था रूपान्तरण हुन नसक्दा परिवर्तन विरोधी शक्ति सक्रिय भइरहेको बताएका छन् ।

सिन्धुपाल्चोक बलेफी गाउँपालिकास्थित जालपादेवी माविको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले परिवर्तन विरोधी शक्तिबाट गणतान्त्रिक व्यवस्थामाथि धावा बोल्ने षड्यन्त्र भइरहेको बताए ।

जनताले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक समृद्धि भएको चाहेको उल्लेख गर्दै अध्यक्ष दाहालले उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायका जनताले मौलिक हकको उपभोग गर्न नपाउँदा केही निरासा बढेको धारणा व्यक्त गरे ।

अध्यक्ष दाहालले भने, “परिवर्तनविरोधी शक्तिहरूले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि धावा बोल्ने षड्यन्त्रप्रति हामी सचेत हुन जरूरी छ ।” राष्ट्रको विकासको मेरूदण्ड शिक्षा भएको उल्लेख गर्दै उनले शिक्षित र दक्ष जनशक्तिले राष्ट्रको समग्र विकास र समृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

सो अवसरमा अध्यक्ष दाहालले विद्यालयको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको उहाँको सचिवालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पराजुलीका अनुसार सो विद्यालयमा हाल एक सय १२ छात्र र एक सय ३५ छात्रा अध्ययनरत छन् ।

गत वर्षको कक्षा १२ को परीक्षामा सबै विद्यार्थी उत्तिर्ण भएका थिए । सो अवसरमा जग्गादाता र विद्यालयका संस्थापकहरुलाई सम्मान गरिनुका साथै विद्यालयद्वारा प्रकाशित स्मारिका विमोचन गरिएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ११ : ०० बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ