मैले बोल्दा मनोवैज्ञानिक रूपमा अवरोध गरियो : नारायणकाजी « Khabarhub

मैले बोल्दा मनोवैज्ञानिक रूपमा अवरोध गरियो : नारायणकाजी


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनतासँग माओवादी तराई–मधेश जागरण अभियान उद्घाटनका क्रममा आफूलाई बोल्नका लागि अवरोध सिर्जना गर्न खोजिएको बताएका छन् ।

आज चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्डको आग्रहमा आफूले उद्‌घाटन समारोहमा बोल्न सुरु गर्दा मनोवैज्ञानिक रुपमा अवरोध गर्ने स्थिति उत्पन्न भएकाले मन्तव्यलाई अघि नबढाएको जानकारी दिए ।

उक्त घटनालाई सामान्य रुपमा लिन आग्रह गर्दै श्रेष्ठले प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन र एकतावद्ध ढङ्गले अघि बढाउन प्रतिवद्ध रहेको समेत बताए ।

त्यस्तै, उनले जनतासँग माओवादी तराई–मधेश जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपर्ने स्पष्ट पारे । पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरूकाे भावनालाई सकारात्मक रुपमा लिँदै सार्वजनिक रुपमा नै क्षमायाचना गर्न चाहेको उनको भनाइ थियो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अध्यक्ष प्रचण्डको नेतृत्वमा सुरु अभियान असाधारण ढङ्गले सफल हुने जिकिर गरे । श्रेष्ठले सरकारले निरङ्कुश ढङ्गले अध्यादेश ल्याएको र अध्यादेश देशको हितमा नरहेको धारणा राखे ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १२ : ३८ बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम