मौद्रिक नीतिको समीक्षाले यसरी हुन सक्छ शेयर बजारलाई फाइदा | Khabarhub Khabarhub

मौद्रिक नीतिको समीक्षाले यसरी हुन सक्छ शेयर बजारलाई फाइदा

लगानीकर्ता भन्छन्- बैंकलाई राहत मिल्दा बजारमा राम्रो सन्देश जान्छ


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासको मौद्रिक नीति समीक्षा गरेको छ ।

गभर्नर डा. महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकालको अन्तिम मौद्रिक नीति समीक्षा भएकाले पनि चासोसाथ हेरिएको थियो ।

तर, मौद्रिक नीतिको दोस्रो त्रैमास समीक्षाले ठूलो परिवर्तन केही गरेन । गभर्नर अधिकारीको कार्यकाल यही चैत २५ गते सकिने भएकाले शेयर बजारका लागि राम्रो नीति आउने चर्चा पनि थियो ।

त्यही चर्चाका कारण फागुन ४ गतेदेखि शेयर बजारमा निरन्तर वृद्धि गरियो । गभर्नरले आफ्नो बहिर्गमनअघि सबैलाई खुसी बनाउने गरी ६० लाख शेयर लगानीकर्ताको हितमा मौद्रिक नीति समीक्षा ल्याउने अनुमान थियो ।

त्यही चर्चाबीच एक साताको कारोबारका क्रममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८७ अंकले बढेको छ ।

मौद्रिक नीतिको समीक्षामा अधिकांश नीतिले निरन्तरता पाएका छन् । मुख्यतः विद्युतीय गाडीको ऋण, लघुवित्तको बेस रेट र बैंकको असल कर्जाको प्रोभिजन दर कम गरिएको छ ।

लघुवित्तमा बेस रेट र असल कर्जाको प्रोभिजन दर कम भएकाले त्यसको फाइदा शेयर बजारले लिने लगानीकर्ता बताउँछन् । मौद्रिक नीतिले १.१० प्रतिशतमा रहेको कर्जाको प्रोभिजन दर घटाएर १ प्रतिशतमा झारेको छ ।

यसले बैंक तथा वित्तीय संस्थाको नाफा बढाउन सहयोग गर्ने शेयर लगानीकर्ता नवराज दाहाल बताउँछन् । ‘पहिले मुख्य मौद्रिक नीति समीक्षामा धेरै परिवर्तन गर्ने गरिएको थियो’, उनले भने, ‘यसपटक मूल नीतिमा कुनै पनि परिवर्तन भएको छैन ।’

‘गभर्नरले आफू जानेबेला केही फेरबदल गर्न खोजेका थिए । तर साथ नदिएपछि पुरानै मौद्रिक नीतिलाई निरन्तरता दिएको देखिन्छ’, दाहालले भने, ‘गभर्नरले जुन खालको कसरत गरेका थिए, जुन तरिकाले बोलेका थिए । अहिलेको मौद्रिक नीतिले प्रक्रिया मात्रै पूरा गरेको भन्न सकिन्छ ।’

शेयर बजारलाई कुनै पनि मौद्रिक नीतिले छुने गरेको थिएन । यस पटक घुमाउरो बाटोबाट शेयर बजारलाई फाइदा हुने नीति आएको दाहाल बताउँछन् ।

सञ्चिति खुल्ला गरिदिएकाले बैंकहरूले बढी नाफा देखाउन सक्नेछन् । त्यसको फाइदा बैंकको रिपोर्टमा देखिने भएकाले गर्दा शेयर बजारलाई पनि राहत मिल्ने दाहाल बताउँछन् ।

‘लघुवत्तिले १५ प्रतिशत मात्रै बोनस दिन पाइने क्यापलाई अदृश्य रुपमा हटाइएको छ’, दाहालले भने, ‘लघुवित्तलाई बेसरेट तोकिदिन्छौँ भन्नेबित्तिकै बेस रेट जति हुन्छ, त्यसका आधारमा ब्याज निर्धारण गर्छन् । त्यसपछि आफ्नो हिसाबले नाफा कमाउँछन्, नाफा पनि त्यही हिसाबले बढ्न सक्छ ।’

बैंकहरूलाई देख्ने गरी सुविधा थपिदिँदा लघुवित्तलाई घुमाउरो बाटोबाट राहत दिइएको दाहाल बताउँछन् । ‘गैरबैंकिङ सम्पत्तिलाई राष्ट्र बैंककले गणना गर्न नपाउने भए पनि एउटा नियममा मात्रै भनेकाले नाफा देखाउन सक्छन्’, दाहालले भने, ‘अहिले नाफा कमाएको रकम विभिन्न कोषमा राख्दै सकिएको थियो ।’

बैंकले कमाएको नाफा विभिन्न कोषमा राख्नु परेकाले नदेखिने गरेको थियो । यस्तोमा आमलगानीकर्ताले हेर्दा बैंक डुब्न लागेको वा प्रगति रोकिएको सन्देश जाने गरेको दाहालले बताएका छन् । तर यो समीक्षाले सबै कुरालाई सहज बनाइदिएको दाहालको बुझाइ छ ।

‘नेपालका लगानीकर्तालाई तत्कालै नाफा चाहिन्छ, हाताहाती हुनुपर्छ’, दाहालले भने, ‘क्याप पनि हट्यो, कर्जा पनि सजिलै मिल्यो, घाटा पूर्तिको उपाय पनि नबताएसम्म हामी बुझ्ँदैनौँ ।’

लगानीकर्ताको माग प्रत्यक्ष सम्बोधन नगरे पनि बजारलाई राम्रो हुने समीक्षा आएको विश्लेषक छोटेलाल रौनियार बताउँछन् । ‘व्यक्तिगत कर्जामा १५ करोड मात्रै लिन पाउने प्रावधान हटाउने, लघुवित्तको १५ प्रतिशत मात्रै नाफा बढाउन पाइने प्रावधान हटाउने भनिएको थियो । तर, त्यो हटेको छैन’, रौनियारले भने, ‘तर, प्रोभिजन दर, लघुवित्तको बेस रेट र गाडीको लोनले पनि फाइदा पुग्छ ।’

मौद्रिक नीतिले १.१० प्रतिशतमा रहेको कर्जाको प्रोभिजन दर घटाएर १ प्रतिशत कायम गरेकाले बैंकको तरलता र आम्दानी बढ्न सक्छ । त्यसले शेयर बजारमा राम्रो हुने रौनियार बताउँछन् ।

गाडीमा कर्जा बढाएकाले गर्दा बैंकको तरलता पनि कम हुँदा बैंकलाई फाइदा पुगेर त्यसको सकारात्मक प्रभाव बजारमा देखिने रौनियारको बुझाइ छ ।

शेयर लगानीकर्ताको कुनै माग पूरा नभए पनि बजार राम्रो भइरहेको रौनियार बताउँछन् । ‘गभर्नर बहिर्गमनले नै शेयर बजारलाई राम्रो गर्छ’, रौनियारले भने, ‘बैंक र लघुवित्त बलियो हुँदा बजारलाई पनि राम्रो गर्छ भन्ने छ ।’

मौद्रिक नीति समीक्षाले खासै केही नल्याएको शेयर विश्लेषक मुक्ति अर्याल बताउँछन् । ‘नराम्रो र राम्रो दुवै केही छैन’, अर्यालले भने, ‘लगानीकर्तालाई केही सकारात्मक सन्देश चाहिँ दिएको छ ।’

बजारकालाई समीक्षाले राम्रो गर्ने भए पनि समग्र देशको अर्थतन्त्र चलायमान नहुने अर्याल बताउँछन् । ‘अर्थतन्त्रले खोजेको केही आएन, त्यो आश पनि थिएन’, अर्यालले भने, ‘शेयर बजारलाई यसले राहत र सकारात्मक सन्देश चाहिँ दिएको छ ।’

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ८ : २० बजे

‘बाहिनीपति कप–२०८१’को उपाधि इलामलाई

सुनसरी – बाहिनीपति कप–२०८१ को उपाधि सशस्त्र प्रहरीबल नेपाल नं

गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन

गोरखा – पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन

बाटो खन्नेक्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु

गोरखा – बाटो खन्ने क्रममा ढुङ्गा खसेर यहाँको अजिरकोट गाउँपालिका–१,

अखिलबाट बिदा भएका विद्यार्थी नेताहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?

काठमाडौं – नेकपा माओवादी केन्द्रले विद्यार्थी राजनीतिबाट बिदा भएका नेताहरूको

फाइनल गुमाउँदा स्तब्ध नेपाल (तस्बिरहरु)

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमले अर्को फाइनलमा हार