पशुपति क्षेत्रबाट ७५ जना पक्राउ- कोही सिक्री लुट्ने, कोही गाँजा खाएर हल्ला गर्ने | Khabarhub Khabarhub

पशुपति क्षेत्रबाट ७५ जना पक्राउ- कोही सिक्री लुट्ने, कोही गाँजा खाएर हल्ला गर्ने


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले शिवरात्रि मेलाको अवसरमा लागेको भिडमा आपराधिक कार्यमा संलग्न ७५ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ताए एवम् एसपी अपिलराज बोहोराका अनुसार विभिन्न क्षेत्रबाट शंकास्पद गतिविधिमा संलग्न ७५ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूला महानगरीय प्रहरी बृत्त गौशाला र जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ । बोहोराका अनुसार केही गाँजा खाएर हल्ला गर्ने काममा संलग्न छन् । अन्य केहीले शिवरात्रिमा दर्शनका लागि आएका भक्तजनको सिक्रीसहितका सामान लुटपाट गरेको पाइएको छ ।

प्रहरीले पक्राउ परेकाहरूको विगतको आपराधिक रेकर्ड हेरेर मात्रै छाड्ने या थप कारबाही अघि बढाउने निर्णय लिने भएको छ।

शिवरात्रिमा सुरक्षाका लागि पशुपति क्षेत्र र आसपासका नाकामा करिब ४ हजार जना सशस्त्र र जनपथ प्रहरीको टोली परिचालन गरिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ३ : ४७ बजे

माछा बेचेर ६ लाख १७ हजार रुपैयाँ राजश्व संकलन

मकवानपुर– मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले आर्थिक वर्ष (आव) २०८१–८२

८१ वर्षको उमेरमा नागरिकता 

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका– १ की ८१ वर्षीया कालमाया

घृणा जगाएर अमर बनेका ‘शकुनी’

भारतीय टेलिभिजनको इतिहासमा एक यस्तो पात्र छन्, जसको एक मुस्कान,

सुख्खाग्रस्त मधेशमा वर्षा, किसानलाई राहत

महोत्तरी– लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसान वर्षा भएसँगै

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

सिरहा– सिरहाको माडर मुख्य भन्सारअन्तर्गत पर्ने बरियारपट्टी छोटी भन्सारले पछिल्लो