कुलमानले ऊर्जामन्त्रीलाई बुझाए २४ घण्टे स्पष्टीकरणको जवाफ (पूर्णपाठसहित) | Khabarhub Khabarhub

कुलमानले ऊर्जामन्त्रीलाई बुझाए २४ घण्टे स्पष्टीकरणको जवाफ (पूर्णपाठसहित)


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई स्पष्टीकरण बुझाएका छन् ।

विगतमा दुई पटक सोधिएको स्पष्टीकरण चित्त नबुझेको भन्दै मंगलबार तेस्रो पटक २४ घण्टाभित्र जवाफ माग्दै घिसिङलाई स्पष्टीकरण सोधिएको थियो ।

मन्त्री खड्काले विगतका स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको हुँदा कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै घिसिङले त्यस पदमा रहँदा गरेका कामको विवरण २४ घण्टाभित्र पेस गर्न भनेका थिए । मन्त्रीको त्यही निर्देशनअनुसार कुलमानले जवाफ पेस गरेका हुन् ।

घिसिङले आफूलाई मन्त्रालयले स्पष्टिकरण माग्ने विषय नै अनाधिकारयुक्त र पूर्वाग्रह प्रेरित भएको भनेर जवाफ दिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय भन्दै उनलाई सोधिएको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै घिसिङले स्पष्टीकरणको माग नै प्रकयृागत रूपमा त्रुटीपूर्ण, अनाधिकारयुक्त एवम् पूर्वाग्रह प्रेरित रहेको जवाफ दिएका हुन् ।

कार्यकारी निर्देशक घिसिङलाई मन्त्रालयले उनीसँग विगतमा २ पटक माग गरिएका स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएको भन्दै पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो ।

त्यही पत्रको जवाफ दिँदै निर्देशक घिसिङले आफू नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ अनुसार नियक्ति भएको भन्दै मन्त्तालयलाई हटाउने अधिकार नभएको बताएका छन् ।

निर्देशक घिसिङले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ के कारणले चित्तबुझ्दो भएन भन्ने विषयमा कुनै पुष्ट्याइँसमेत नगरिएको र आफूमाथि लगाइएको आरोप मनोगत भएको जवाफ मन्त्रालयलाई दिएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  १ : ४६ बजे

माओवादी स्थायी समिति बैठक बस्दै, कसरी प्रस्तुत होलान् उपमहासचिव शर्मा ?

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज (शनिबार) पनि

रोहित र विराटपछि संकटको सामना गर्दै गिल नेतृत्वको भारत

धेरै चोटका कारण स्टार बलर जसप्रित बुमराह विगतको झैँ उपस्थिति

विदेशको काम छाडेर गाउँमै बाख्रापालन 

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ राम्चे काफल डाँडाका जगबहादुर फगामी

पहिरोले मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध

सिन्धुली– मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड अवरुद्ध भएको छ । सडकमा

जिग्री र पाँडेको जाेडी छुट्टियो, अभिनेता महेश चर्चामा

हेडलाइन…दीपा र केदारले भटाभट फिल्म साइन गर्दै छक्का पञ्जा टिमका