निगमको दोस्रो वाइडबडी आज उड्ने, न्यारोबडीको उडान अनिश्चित « Khabarhub

निगमको दोस्रो वाइडबडी आज उड्ने, न्यारोबडीको उडान अनिश्चित


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायुसेवा निगमको चार वटा विमानमध्ये ३ वटा विमानमा समस्या आएकोले केही समयदेखि उड्न सकेका थिएनन् । जसमध्ये एउटा वाइडबडी विमान आजनै मर्मत भएर अन्तर्राष्ट्रिय उडान गर्ने र अन्य दुईवटा न्यारोबडीको उडान समय भने निश्चित नभएको निगमले जनाएको हो ।

निगमले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार ९एन–एलजेड वाइडबडीले अहिले नियमित उडान गरिरहेको छ भने अर्को ९एन–एएलवाई को लागि आवश्यक पर्ने पाटपुर्जा आजै बेलायतबाट आइसकेकोले मर्मतपश्चाात आजै दिल्ली उडान गर्नेछ ।

तर, न्यारोबडी अन्तर्गतको ९एन–एकेडब्लु विमान चिनमा फाइभसी–चेक पश्चात् भन्सार क्लियरेन्स प्रक्रियामा समस्या सिर्जना भएकाले आउन ढिला भएको र मार्च १ सम्म काठमाडौं आइपुग्ने निगमले जनाएको छ । सो विमान त्यसपश्चात् नियमित उडानमा जाने निगमको विज्ञप्तिमा उल्लेख छ ।

अर्को न्यारोबडी ९एन–एकेएक्स को नोज ल्यान्डिङ गियरमा समस्या भएको र मर्मतका लागि दिल्ली लैजानुपर्ने आवश्यकता रहेको निगमले जनाएको छ । अन्य साना २ वटा ट्वीनअटर विमानमा पनि प्राविधिक समस्या रहेकाले मर्मतको काम सकिएपछि नियमित उडानमा जाने निगमका प्रवक्ता रमेश पौडेलले बताएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ५ : ०९ बजे

कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर बाख्रा

सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित

गुल्मी- “लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो । वर्षौंसम्म

उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द

पेरिस- फ्रान्सको मुख्य ऊर्जा प्रदायक कम्पनीले बिहीबार दुई आणविक रियाक्टर

डा. चेतना पौडेल पक्राउ प्रकरण : ‘नक्कली चिकित्सक’ कि प्राकृतिक चिकित्सा विज्ञ ?

काठमाडौं- आफूलाई चिकित्सक भन्दै बिरामीलाई भ्रममा पारेर उपचार तथा औषधि