रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता « Khabarhub

रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर गाउँपालिका– १ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर उनलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि  उनी मृत फेला परेकी थिइन् ।

जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा सिरहा पुगेका अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरू आज दिवङ्गत रिङ्कुको घरमा पुगेका हुन् ।

आफ्नो पार्टीले रिङ्कुलाई न्याय दिलाउन संसदमा आवाज उठाएको जानकारी दिँदै उनले जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । 

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  १० : ३२ बजे

जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएकाहरू भेटिए

हुम्ला । जडीबुटी सङ्कलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि

सुत्केरी व्यथाले च्यापेकी उत्तरी गोरखाकी एक महिलालाई हेलिकप्टरबाट उद्धार

गोरखा । गोरखाकी एक गर्भवती महिलालाई निर्धारित मितिभन्दा १३ दिनअघि

जेनजीबाट धम्की आएको दाबीबारे मिराज ढुङ्गानाले मागे गृहमन्त्रीसँग जवाफ

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जेनजी युवाबाट सुरक्षा धम्की आएको

अमेरिका-चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

सान फ्रान्सिस्को (रासस\एएफपी)। संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा

निर्वाचन आयोगमाथि विपक्षीको दबाब

नयाँदिल्ली (रासस\एएफपी)। भारतमा मतदाता सूचीको विशेष गहन संशोधन (एसआइआर) प्रक्रियामा