सरकारलाई भानुभक्त जोशीको सुझाव- दल विभाजनतर्फ नलागौँ « Khabarhub

सरकारलाई भानुभक्त जोशीको सुझाव- दल विभाजनतर्फ नलागौँ


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य भानुभक्त जोशीले दल विभाजनतर्फ नलाग्न सरकारलाई सुझाव दिएका छन् ।

रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा जोशीले  कांग्रेस र एमालेजस्तो जिम्मेवार दलले अरु दल विभाजनतर्फ लाग्न नहुने बताए । दल फुटाउनुभन्दा विपक्षी दलहरूसँग मिलेर देशका ठूला र जटिल समस्या समाधान गर्नतर्फ उनले आग्रह गरे । 

त्यस्तै उनले अहिले ल्याइएका कुनै पनि अध्यादेश देशको हितमा नभएको भन्दै फिर्ता लिन सरकारसमक्ष आग्रह पनि गरे। जोशीले कांग्रेस र एमालेबीच पनि अध्यादेश ल्याउने विषयमा सहमति भएको नदेखिएको उनले बताए । उनले देशमा अनेक खालका समस्या रहेको सुनाउँदै तीनको हल गर्नुपर्नेमा सरकार अध्यादेशको चक्करमा परेको भन्दै असन्तुष्टि पोखे ।.

उनले अध्यादेशको प्रक्रिया सही नभएकाले समर्थन गर्न नसकिएको धारणा राखे ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ४ : ४७ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको