च्याम्पियन्स ट्रफी : समूह चरणको अन्तिम खेलमा आज भारत र न्युजिल्यान्डको भिडन्त « Khabarhub

च्याम्पियन्स ट्रफी : समूह चरणको अन्तिम खेलमा आज भारत र न्युजिल्यान्डको भिडन्त


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यूएई – आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’का दुवै अपराजित टिमले दुईदुई खेल खेल्दा चारचार अंक जोडेको छन्। दुवै टिमको सेमिफाइनल यात्रा तय भइसकेको भए पनि यो खेलले समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लगाउने छ।

भारत र न्युजिल्यान्डको यो भिडन्त आइतबार दिउँसो २ बजेर ४५ मिनेट जाँदा यूएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।

समूह चरणमा यसअघि भारतले बंगलादेश र पाकिस्तानलाई पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ। पहिलो खेलमा बंगलादेशमाथि २१ बल बाँकी हुँदा ६ विकेटले विजयी भएको भारत दोस्रो खेलमा पाकिस्तानविरुद्ध ४५ बल बाँकी हुँदा ६ विकेटले नै विजयी भएको थियो।

यता, न्युजिल्यान्डले भने पहिलो खेलमा पाकिस्तानलाई ६० रनले हरायो भने दोस्रो खेलमा बंगलादेशलाई २३ बल बाँकी हुँदा ५ विकेटले पराजित गरेको थियो। आज भारत र न्युजिल्यान्ड दुवै टिम समूह चरणको अपराजित यात्रालाई कायम राख्ने लक्ष्यका साथ मैदानमा हुनेछन्।

समूह ‘बी’बाट ५ अंक जोड्दै दक्षिण अफ्रिका विजेता र अस्ट्रेलिया चार अंक जोड्दै उपविजेता बनेर सेमिफाइनल प्रवेश गरिसकेका छन्। आज हुने यो खेललले सेमिफाइनल समीकरण पूरा हुनेछ। भारत र न्युजिल्यान्डको नतिजाले कुन देशले सेमिफाइनलमा कसलाई प्रतिद्वन्द्वी पाउँछन् भन्ने टुंगो लाग्नेछ।

पाकिस्तानको आयोजनामा भएको यो प्रतियोगिताको समूहचरणबाटै आयोजकसहित बंगलादेश, अफगानिस्तान र इंग्ल्यान्ड बाहिरिसकेका छन्।

भारतले पाकिस्तान जान अस्वीकार गरेपछि यो प्रतियोगिता हाइब्रिड मोडलमा पाकिस्तान र यूएईमा जारी छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ८ : १३ बजे

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु