नीलकण्ठेश्वर सिद्धेश्वर गुफालाई पर्यटकीय गन्तव्यस्थल बनाइँदै « Khabarhub

नीलकण्ठेश्वर सिद्धेश्वर गुफालाई पर्यटकीय गन्तव्यस्थल बनाइँदै


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दमौली– जिल्लाको म्याग्दे गाउँपालिका–७ पयरेमा अवस्थित नीलकण्ठेश्वर सिद्धेश्वर गुफालाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ । यस ठाउँलाई आन्तरिक पर्यटकको गन्तव्यस्थल बनाउन वडाले पूर्वाधार निर्माणमा जोड दिएको हो । 

वडा कार्यालयले हालैमात्र विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेको जनाएको छ । म्याग्दे–७ का वडाध्यक्ष वसन्त श्रेष्ठले प्रचारप्रसारको अभावमा यस ठाउँ ओझेलमा परेकाले पूर्वाधार निर्माणसँगै प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमा जोड दिइएको बताए ।

 उनका अनुसार गुफासम्म जाने सिँढी बाटो, पार्कसहितको विश्रामस्थललगायत संरचना बनाउने लक्ष्य राखिएको छ ।  

नीलकण्ठेश्वर महादेव सिद्धेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष श्रीभद्र आचार्यले पर्यटकीय सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा यो ठाउँ ओझेलमा परेको बताए ।

धेरै वर्ष पहिलादेखि रहेको गुफाकाबारेमा अधिकांशलाई जानकारी नभएपछि स्थानीयवासी यसको प्रवर्द्धनमा जुटेका उनको भनाइ छ । 

स्थानीयवासीले केही समय अगाडि मात्रै गुफाभित्र शिवलिङ्ग, गणेश, नाग, शङ्खलगायत आकृतिसहितका संरचना फेला पारेका थिए । ‘गुफाभित्र शिवलिङ्ग भएका बारेमा हामीलाई पनि थाहा थिएन, गुफा अवलोकनका क्रममा उक्त शिवलिङ्ग भेटियो । नजिक भएर पनि हामी अन्यौलमा रहेछौँ । शिवलिङ्गबाट आफैँ जल चुहिने गर्दछ’, उनले भने । 

यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरी प्रचारप्रसार गर्न सके धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आर्थिक अवस्था सुधार हुँदै जाने उनले विश्वास व्यक्त गरे । 

आचार्यले भने, ‘परापूर्वकालमा यस ठाउँमा भगवान् शिवजीले बास गर्नुभएको थियो । यहाँ एक सय आठ बेलका वृक्षहरू पनि छन् । यहाँको वस्तुस्थिति हेर्दा शिवको बास थियो भन्ने कुरामा द्विविधा छैन ।’

उनले यसको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटकीय गतिविधि बढाएर स्थानीयलाई रोजगारीका अवसर सृजना गर्न सकिने धारणा राखे ।  

सिद्धेश्वर गुफाको प्रवर्द्धनका लागि स्थानीय सरकारले सहयोग गर्ने, पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गर्ने र अपुग भए प्रदेश सरकारसँग साझेदारी गर्ने योजना रहेको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए  । 

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ५ : ११ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा