उत्पीडित समुदायको अधिकार स्थापित गर्न सदैव लागिपरेका छाैं : प्रचण्ड « Khabarhub

उत्पीडित समुदायको अधिकार स्थापित गर्न सदैव लागिपरेका छाैं : प्रचण्ड


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

धनुषा – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसीलगायत उत्पीडित समुदायको अधिकार स्थापित गर्न आफ्नो पार्टी सदैव लागि परेको बताएका छन् ।

धनुषाको हङ्सपुर नगरपालिकाको सोनिगामा आज आयोजित ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान खबरदारीसभा’लाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन, सङ्घीयताको व्यवहारिक अभ्यास, समावेशी प्रतिनिधित्व र मधेसको विकासमा प्राथमिकता दिँदै आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेलेको स्पष्ट पारे ।

अध्यक्ष दहालले मधेसको माग पूरा गराउन पार्टी दृढतापूर्वक लाग्ने उल्लेख गरे । मधेसको विकासका लागि हुलाकी राजमार्गको निर्माण कार्य छिटो सम्पन्न गराउन माओवादी केन्द्रले दबाब दिने बताए। कमला पुलको शीघ्र निर्माणबारे स्थानीयले राख्दैआएको मागप्रति आफ्नो पार्टीको समर्थन रहेको उनले स्पष्ट पारे।

माओवादी केन्द्रले जनताको भावना बुझ्न ‘घर–घर अभियान’ सञ्चालन गरिरहेको अध्यक्ष दाहालको भनाइ थियो । कार्यक्रममा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले मधेसी जनताको पक्षमा आफ्नो पार्टी सधैँ इमानदार रहेको बताए।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १० : २५ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने