आज २०८१ साल फागुन १९ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन १९ गते सोमबारको राशिफल


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन १९ गते सोमबार फागुन शुक्ल पक्षको चौथी तिथि। विश्व वन्यजन्तु दिवस। तदनुसार सन् २०२५ मार्च ३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। खर्च भने बढ्ने देखिन्छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। उपचारमा भए रोगबाट मुक्त हुने दिन छ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारबाट सुख मिल्नेछ।

वृष : दिन सहज छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारको साथमा रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सहज छ। साथीभाइले सहयोग गर्नेछन्। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : आजको निर्णय दीर्घकालीन बन्ने योग छ। व्यापारमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले लगानी गर्नु अगाडि सचेत बन्नुपर्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

सिंह : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले तपाईंको महत्त्वपूर्ण काम बन्ने योग छ।

कन्या : अप्रिय शब्दले मन अशान्त बन्नेछ। राजनीतिक क्षेत्रमा विपक्षी साथीको प्रतिवाद सुन्नुपर्ने हुनसक्छ। ठुलो लगानीमा परिवारको तर्फबाट मात्र रकम खर्च गर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : परिवारको साथमा घुम्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने जटिल समस्या देखिने जोखिम छ। आज विपक्षी साथीबाट प्रशंसा सुन्न सकिने छ।

वृश्चिक : एकल निर्णय नगर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा लक्ष्य प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : शुभ ग्रहको बहुमत भएको दिन छ। रोग प्रतिरोधात्मक क्षमता बढाउन औषधी नियमित गर्नुपर्नेछ। गोप्य कुरा साथीलाई सुनाएमा मात्र घाटा हुने जोखिम छ। परिवार भित्र खेल्ने मान्छेले दुःख दिने भएकाले सचेत बन्नुपर्नेछ।

मकर : दिन सामान्य छ। अन्त्य साढेसाती दशाले गर्दा सोचेका काममा अवरोध सिर्जना हुनेछ। आफ्ना भनिएका भन्दा विपक्षी साथीले सहयोग गर्नेछन्। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ : दाजुभाइसँग सहकार्य गरेर अगाडि बढेमा काम सफल बन्नेछ। सञ्चित धन खर्च हुने दिन छ। मध्यसाढेसाती दशाबाट मुक्त हुन धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्ने दिन छ।

मीन : भएको सम्पत्ति सदुपयोग गर्नुपर्ने दिन छ। सुरुवाती शनिदेवका कारण साथी टाढा हुने जोखिम छ। गोपनीयता भंग नगर्नु उचित हुन्छ। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ५ : ११ बजे

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

नयाँदिल्ली–  विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको

नेपाल-कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा

काठमाडौं– नेपाल–कम्बोडियाबीच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ ।

झुटो विवरणबाट नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी

तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छ : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान