ट्रम्पले क्यानडा र मेक्सिकोसँग वार्ता गर्ने « Khabarhub

ट्रम्पले क्यानडा र मेक्सिकोसँग वार्ता गर्ने


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोसँग व्यापार सम्झौताका लागि वार्ता गर्ने भएका छन्।

अमेरिकाले मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा अतिरिक्त कर लगाएको एक दिनपछि अमेरिकी वाणिज्य मन्त्री होवार्ड लुटनिकले सो कुरा बताएका हुन्।

कर बढाउने अमेरिकी निर्णय कार्यान्यन भएपछि यी दुई देशले पनि प्रतिकार गर्दै सोही किसिमका घोषणा गरेका छन्।

अमेरिकाले मेक्सिको र क्यानडाबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरे लगत्तै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रेडेउले ३० अर्ब अमेरिकी डलर बराबरको सामानमा २५ प्रतिशत करको योजना सार्वजनिक गरेका छन्।

यसैगरी, २१ दिन भित्रमा थप १२५ अर्ब अमेरिकी डलर बराबरको समानमा करको योजना बनाउने उनले बताएका छन्।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सियन बोउमले आफ्नो योजना आइतबार सार्वजनिक गर्ने बताएकी छिन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ५ : ४४ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट