पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ? « Khabarhub

पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?

सम्बोधन सफलता, शान्ति, आर्थिक र आप्रवासी मुद्दामा केन्द्रित


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद्को दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्ने भएका छन्।

राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पले अमेरिकाको दुवै सदनलाई संयुक्त रूपमा पहिलो पटक सम्बोधन गर्न लागेका हुन्। नेपाली समय अनुसार बुधबार बिहान उनले संसद्लाई सम्बोधन गर्नेछन्। जनवरी महिनामा ह्वाइट हाउस प्रवेश गरे यता ट्रम्पको यो पहिलो पटक संसद्लाई सम्बोधन हुनेछ।

राष्ट्रपति ट्रम्पको दुई तिर संसद्का सभामुख माइक जोन्सन र उपराष्ट्रपति जेडी भान्स हुने छन्। एलन मस्क दर्शकको रूपमा रहने अनुमान गरिएको छ। ट्रम्पको सो सम्बोधन चार चरणमा हुनेछ।

पहिलो चरणमा कार्यालय प्रवेशको पहिलो महिना अत्यन्त सफल भएको घोषणा हुनेछ। दोस्रो चरणमा आर्थिक विषय हुनेछ। तेस्रो चरणमा ट्रम्पले आप्रवासी डिपोर्ट र मेक्सिकोको सीमामा पर्खाल लगाउने योजनाका लागि संसद्को एकबद्धताका लागि निम्ति कुरा राख्ने छन्।

चौथो चरणमा ट्रम्पले शान्ति स्थापनाका आफ्ना योजनाका बारे बोल्ने छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ६ : ११ बजे

वार्ताबाट समस्या समाधान खोज्न विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युद्ध, हिंसा र सशस्त्र मुठभेडको सट्टा

अमेरिकी सैनिक मृत्युको ‘बदला’ लिने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकको मृत्युको बदला

फागु पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले फागु पर्व (होली)ले नेपाली समाजमा आपसी

इरानमाथि अमेरिका र इजरायलको आक्रमणले इन्धनको मूल्य बढ्यो

काठमाडौं – इरानमाथि आक्रमणपछि इन्धनको मूल्यमा बढेको छ । इरानमाथि

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

काठमाडौं – फागुपूर्णिमा अर्थात् होली पर्व आज उपत्यका र पहाडी