डिला संग्रौलाकाे प्रश्न : पत्रकार आचारसंहिताको मापन गर्ने क्षेत्राधिकार कसको हो ? « Khabarhub

डिला संग्रौलाकाे प्रश्न : पत्रकार आचारसंहिताको मापन गर्ने क्षेत्राधिकार कसको हो ?


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि विभागकी संयोजक डा. डिला संग्रौलाले संघीय संसद् सचिवालयले पत्रकारहरुको संसद् प्रवेश पास निलम्बन गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।

प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लघंन भएको भन्दै संघीय संसद् सचिवालयले पास निलम्बन गरेको घटनाले पत्रकारको आचारसंहिता प्रतिकुल भए नभएको मापन गर्ने क्षेत्राधिकार कसको हो भन्ने प्रश्न पनि उब्जाएको उनको भनाइ छ ।

उनले पत्रकारको पास निलम्बन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्समक्ष आग्रह समेत गरेकी छन् ।

प्रधानमन्त्रीलाई संसद परिसरमा संसदीय मर्यादा र अनुशासनको उल्लघंन गर्दै प्रश्न सोधेको भन्दै संघीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको पास निलम्बन गरेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १० : १७ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय