गुप्तचर साझेदारीमा युक्रेनलाई सहयोग नगर्ने अमेरिकी निर्णय « Khabarhub

गुप्तचर साझेदारीमा युक्रेनलाई सहयोग नगर्ने अमेरिकी निर्णय


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकाले युक्रेनसँग इनटेलिजेन्स सेयरिङ (गुप्तचर साझेदारी)मा सहयोग नगर्ने निर्णय गरेको छ । यसअघि प्रदान गर्दै आएको यो साझेदारी बन्द गर्दै अमेरिकाले यो निर्णय सार्वजनिक गरेको हो ।

यसले रुससँगको युद्धमा युक्रेनलाई थप अप्ठेरो पर्न सक्ने जनाइएको छ । अमेरिकाले युक्रेनलाई गर्दै आएको सहयोग रोक्ने निर्णय गरेको दुई दिनपछि यो निर्णय भएको हो ।

युद्धको सुरुवात भएदेखि नै अमेरिकाले युक्रेनलाई इनटेलिजेन्स सहयोग गर्दै आएको थियो । सोही महत्त्वपूर्ण डेटाको आधारमा युक्रेनले आफूलाई धेरै स्थानमा क्षति हुनबाट बचाएको थियो । यो सहयोगकै कारण युक्रेनलाई रुसविरुद्ध आक्रमण गर्न समेत सहज भएको थियो ।

सिआइएका प्रमुख जोन रिटक्लिफले युक्रेनी गुप्तचरसँग सहकार्य रोकिएको कुरा स्वीकार गरेका छन् । अहिले युक्रेनलाई फेरि वार्तामा ल्याउन यो स्थगित गरिएको समाचारमा उल्लेख छ ।

गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीबीच भएको वार्ता भनाभनमा टुगिंएपछि यसले दुई देशको सम्बन्धमा चिसोपन आएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ६ : ४६ बजे

लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्गसको

शिवं सिमेन्टले साँढे १२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं– शिवं सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक साधारण

विदेशी नागरिक र कालोसूचीकालाई उडाउनेसहित यी विषयमा अनुसन्धान गरिरहेको छ अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग सम्बन्धित व्यक्तिहरूमाथि

नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस

काठमाडौं– नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसका