रामपुरमा सुविधासम्पन्न उद्यान बन्दै | Khabarhub Khabarhub

रामपुरमा सुविधासम्पन्न उद्यान बन्दै


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाको रामपुर नगरपालिकामा सुविधासम्पन्न हरियाली उद्यान निर्माण भइरहेको छ । नगरपालिका कार्यालयको प्राङ्गणमा करिब १२ रोपनी क्षेत्रफलमा उद्यान निर्माण सुरु गरिएको नगरप्रमुख रमणबहादुर थापा बताए ।

उनका अनुसार एक करोड ३५ लाख ८४ हजार २८१ को लागतमा हरियालीसहितको नमूना उद्यान बनाउन लागिएको हो । उद्यान क्षेत्रमा दुई हजार ७८६ वर्गमिटर पदमार्ग तयार पारिने छ । पानीको फोहोरासहित विभिन्न प्रजातिका फूलको बगैँचा, दुईवटा चौतारी, चारैतिर घेराबारसहितको उद्यान निर्माण हुनेछ ।

‘रामपुरलाई नमूना नगर बनाउन बृहत् उद्यान निर्माण कार्य भइरहेको छ । भौगोलिक हिसाबले पर्यटनको सम्भावना बोकेको रामपुरलाई पर्यटनमैत्री, हरियाली र सुविधासम्पन्न सहरका रूपमा विकास गर्न आवश्यक संरचना निर्माणमा नगरले प्राथमिकतामा राखेर काम गरिरहेको छ । यो उद्यान त्यसैअन्तर्गतको एउटा महत्वपूर्ण काम हो’, नगरप्रमुख थापाले भने ।

पवित्र कालीगण्डकी नदी र रामपुर उपत्यका भएर कालीगण्डकी करिडोर सडकमार्गले जोडेकाले पनि रामपुर हेर्न र घुम्न लायक सहर बन्ने भन्दै उनले त्यसका लागि नगरले आवश्यक योजनाका साथ काम गरिरहेको सुनाए ।

नगरपालिकासँग जोडिएको यो उद्यान तयार भएपछि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समेत सहज हुनेछ । यो आरामस्थल तथा अवलोकन गर्ने माध्यम बन्नेछ । आगामी असार मसान्तसम्म सम्पन्न हुनेगरी निर्माण कार्य अगाडि बढिरहेको नगरपालिकाले जनाएको छ ।

लुम्बिनी प्रदेश, सहरी विकास मन्त्रालयको ग्रामीण विकास तथा साना सहरी पूर्वाधार निर्माण योजनाका लागि विनियोजित २६ करोड ७१ लाख बराबरको रकममध्ये एक करोड ३५ लाख ८४ हजार २८१ रुपैयाँ ३० पैसाको लागतमा उद्यान निर्माण हुन लागेको हो ।

बाँकी रकमबाट रामपुर नगरपालिका–५ र ६ मा पर्ने सहायक सडकहरूको स्तरोन्नति कार्य भइरहेको छ । यस आयोजनाअन्तर्गत उद्यानसहित यहाँ करिब नौ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको नगरप्रमुख थापाले जानकारी दिए ।

बुटवल, नारायणघाट, पोखरा र काठमाडौंजस्ता देशका ठूला सहरसँग सडक सञ्जाल जोडिएपछि यहाँको विकासले गति लिएको छ ।

सडक सुविधाको पहुँच पुगेपछि रामपुर एउटा सुगम सहरका रूपमा विकसित हुँदैछ । यस क्षेत्रमा स्थानीय सरकारले पर्यटकीय सम्भावना बोकेका क्षेत्र तथा धार्मिक स्थल स्तरोन्नतिको काम धमाधम अगाडि बढाइरहेको छ । जसले पर्यटकीय गतिविधि बढोत्तरीमा टेवा पुग्ने स्थानीयको अपेक्षा छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ७ : ०८ बजे

पक्षधरताभन्दा कार्य सम्पादनमा अब्बल हुनुहोस् : मुख्यमन्त्री कँडेल

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पक्षधरताभन्दा कार्य सम्पादनमा अब्बल

एमाले मोरङमा संस्थापनलाई धक्का, १८८ मत गन्दा ढकालको प्यानल नै अगाडि

मोरङ- नेकपा एमाले मोरङको दशौँ जिल्ला अधिवेशनका क्रममा बिहीबार मतगणना

राष्ट्रिय सभाबाट पनि स्वीकृत भए पाँच वटा अध्यादेश

काठमाडौं – राष्ट्रिय सभाबाट पाँच अध्यादेश स्वीकृत भएको छ ।

गर्मीलाई लक्षित गर्दै चौधरी ग्रुपले ल्यायो सेन्साईका कुलर

काठमाडौं– चौधरी ग्रुपअन्तर्गत सेन्साई ब्राण्डले गर्मी महिनालाई लक्षित गर्दै नयाँ

वर्तमान सरकार लोकतन्त्रमाथि विश्वास गर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले