म्याक्रोँको सम्बोधन ‘वास्तविकताभन्दा टाढा’ रहेको रुसको भनाइ « Khabarhub

म्याक्रोँको सम्बोधन ‘वास्तविकताभन्दा टाढा’ रहेको रुसको भनाइ


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्सको आणविक छातालाई युरोपेली साझेदारसम्म विस्तार गर्ने विषयमा गरेको सम्बोधनको रुसले बिहीबार आलोचना गरेको छ ।

बुधबार फ्रान्सेली राष्ट्रलाई सम्बोधन गर्दै म्याक्रोँले रुसलाई ‘फ्रान्स र युरोपका लागि खतरा’ को संज्ञा दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा युक्रेन द्वन्द्वमा अमेरिकाले आफ्नो अडान परिवर्तन गरेकोमा फ्रान्सेलीहरू ‘वैधानिक रूपमा चिन्तित’ रहेको बताएका थिए ।

‘हरेक दिन उनले केही न केही वास्तविकताभन्दा टाढा विरोधाभासपूर्ण बयानहरू बनाउनुहुन्छ,’ रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले म्याक्रोँका बारेमा भनेका छन् । 

जाखारोभाले उनलाई हान्स क्रिश्चियन एन्डरसन लोक कथाको सुतेका बच्चाहरूमाथि छाता ओढाउने भूमिकामा रहेका एक पौराणिक पात्र ओले लुकोजेसँग तुलना गरे। 

उनले भने, ‘मैले यी सबै कुरा सुनेँ, उहाँलाई हेरेँ र उहाँले मलाई पौराणिक पात्र ओले लुकाजेको सम्झना गराउँनुभयो ।’

जर्मनीका चान्सलर फ्रेडरिक मर्ज सँग फोनमा भएको कुराकानीपछि म्याक्रोँले फ्रान्सको आणविक निरोधलाई अन्य युरोपेली राष्ट्रमा विस्तार गर्ने विषयमा बहस सुरु गर्ने बताएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ४ : ५६ बजे

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न