पक्षधरताभन्दा कार्य सम्पादनमा अब्बल हुनुहोस् : मुख्यमन्त्री कँडेल | Khabarhub Khabarhub

पक्षधरताभन्दा कार्य सम्पादनमा अब्बल हुनुहोस् : मुख्यमन्त्री कँडेल


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पक्षधरताभन्दा कार्य सम्पादनमा अब्बल भएर सेवा प्रवाह गर्न नवनियुक्त कर्मचारीलाई निर्देशन दिएका छन् । 

प्रदेश सरकार अन्तर्गत खुल्ला प्रतिस्पर्धाबाट अधिकृतस्तर सातौँमा नियुक्त भएका कर्मचारीहरूलाई मुख्यमन्त्री कँडेलले सेवा प्रवाहमा पक्षधरताभन्दा कार्य सम्पादनलाई प्रमुख ठानेर काम गर्न निर्देशन दिएका हुन् । 

समाजमा कर्मचारी र राजनीतिक नेतृत्वप्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको चर्चा गर्दै मुख्यमन्त्री कँडेलले अब सबै तहका कर्मचारीहरूले समाजलाई सकारात्मक दृष्टिकोण बनाउने गरी काम थाल्नु पर्ने बताए ।

 ‘हिजोको जस्तो छैन । नागरिक सचेत भइसकेका छन्,’ उनले भने,‘तपाईँहरूको कामको मूल्यांकन नागरिक स्तरबाटै भइरहेको छ ।’

आफ्नो जिम्मेवारी बढेसँगै आडम्बर समाजलाई देखाउने नाममा गलत काम गरेर आर्थिक हैसियत  बढाउने काममा नलाग्न मुख्यमन्त्री कँडेलले कर्मचारीलाई निर्देशन दिए ।

 ‘तपाईँहरू नै भोलीको प्रदेश सचिव, प्रमुख सचिवको हकदार हो,’ उनले भने,‘इमानदारिताले त्यो स्थानमा पुग्न सकिन्छ तर म अधिकृत  भए भन्दै भनेर प्रचलित कानूनको विपरीत गएर काम गर्नुभयो भने, तपाईँहरूकै करियर समाप्त हुन्छ ।’ 

निजामती कर्मचारी समाजको पथप्रदर्शक भएकोले सामाजिक रूपान्तरणमा कर्मचारीहरू महत्त्वपूर्ण योगदान दिन सक्ने मुख्यमन्त्री कँडेलले बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ५ : ५२ बजे

चितवनको गाईघाट दुर्घटनामा २१ जना घाइते

चितवन– भरतपुर महानगरपालिका– २९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै

बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)

कर्णाली– एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत