आयातमा कर बढाउने निर्णयबाट ‘ब्याक’ भए ट्रम्प | Khabarhub Khabarhub

आयातमा कर बढाउने निर्णयबाट ‘ब्याक’ भए ट्रम्प

शेयर बजार नकारात्मक बनेपछि एक महिनालाई निर्णय स्थगित


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा लगाउने भनिएको करको निर्णय एक महिनाका लागि रोकेका छन्।

आयातमा कर बढाउने निर्णयबाट ब्याक भएका ट्रम्पले क्यानडा र मेक्सिकोबाट थप सामान ल्याउने गरी हस्ताक्षर गरेका छन्।

अमेरिकाले आफ्ना पुराना व्यापारी साझेदारसँग दुई दिनमा दुई फरक निर्णय गरेको हो। ट्रम्पकै निर्णयका कारण वित्तीय क्षेत्रमा चिन्ता समेत छाउन थालेको छ।

अमेरिकाको यो निर्णयपछि मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सियनबोमले धन्यवाद ज्ञापन गरेकी छिन्। साथै क्यानडाका वाणिज्य मन्त्रीले क्यानडाले पनि अमेरिकी सामानमा लगाउने भनिएको करको निर्णयलाई अहिले रोक्ने निर्णय गरेको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रेडेउले दुई देश छिमेकी तथा सहयोगी देशको व्यापार युद्धले दुवै देशलाई घाटा हुने प्रतिक्रिया दिएका थिए।

बिहीबार अमेरिकाको शेयर बजारमा नकारात्मक असर परेको थियो। यसै कारण ट्रम्प आफ्नो निर्णयबाट पछि हटेका हुन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ६ : १२ बजे

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा

कसरी भयो सुनको भाउमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट ?

काठमाडाैं – सुनको मूल्यमा तीव्र गिरावट आएको छ। महँगो धातुको

नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू)

काठमाडाैं । नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने

५० ओभर नै स्पिनर प्रयोग गर्ने पहिलो टोली बन्यो वेस्ट इन्डिज

काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय श्रृङ्खलामा नयाँ इतिहास रचेको

माल्दिभ्समा चम्किएकी कामना बिष्ट

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली