अर्को साता साउदी अरेबियामा अमेरिका र युक्रेनको वार्ता | Khabarhub Khabarhub

अर्को साता साउदी अरेबियामा अमेरिका र युक्रेनको वार्ता

युद्ध विरामका लागि निर्णायक हुने अपेक्षा


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

युक्रेन – युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले अर्को साता साउदी अरेबियामा हुने अमेरिकासँगको वार्ता अर्थपूर्ण हुने बताएका छन्।

अर्को साता साउदीमा हुने वार्ताले युद्ध अन्त्यको बाटो तय गर्ने आशा उनको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफले अमेरिकी टोलीले रुस र युक्रेन बीचको युद्ध सधैँका लागि अन्त्य गर्न चाहेको बताएका छन्।

गत शुक्रबार युक्रेन र अमेरिका बीचमा भएको वार्ता भनाभनमा ठुङिगएको थियो। त्यसपछि नै यी दुई देशबीच फेरि वार्ता हुने सम्भावना रोकिएको हो।

JPG converted with https://ezgif.com/webp-to-jpg

यस बीचमा अमेरिकाले युक्रेनलाई गर्दै आएको सबै सहयोग रोक्ने निर्णय गरेको थियो। साथै गुप्तचर सहकार्य बन्द गर्ने निर्णय समेत गरी सकेको छ।

घटनापछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले दुःख व्यक्त गर्दै आफूले अझै अमेरिकासँगको सम्बन्ध सुमधुर बनाउन चाहेको बताएका थिए। अमेरिकाले युक्रेनको स्थायी शान्तिका लागि युद्ध विरामका लागि लगातार दबाब दिँदै आएको थियो।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ७ : २० बजे

विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित पक्राउ

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित

प्रभासको फिल्म ‘द राजा साब’को टिजरले पायो चर्चा, दर्शकबाट मिश्रित प्रतिक्रिया

काठमाडौं – दक्षिण भारतीय नायक प्रभासको आगामी फिल्म ‘द राजा

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

एजेन्सी – गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र

भोटेकोशी र सुनकोशीमा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक जिल्ला भएर बग्ने भोटेकोशी