ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु « Khabarhub

ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

युक्रेन – पछिल्लो समय रुसले युक्रेनमा गरेको आक्रमणमा कम्तीमा २५ जनाको ज्यान गएको छ। रुसको लगातारको आक्रमणले त्यहाँको अवस्था एकदमै असहज बनेको युक्रेनी अधिकारीले बताएका छन्।

डोन्सटक क्षेत्रमा भएको आक्रमणमा ११ जनाको ज्यान गएको छ भने ४० जना हराएका छन्। मृत्यु हुनेमा ६ जना बालबालिका छन्।

गएको साता ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता तनावपूर्ण बनेपछि रुसले फेरि आक्रमणको योजना बनाएको हो। ट्रम्पसँगको वार्तामा भनाभन भएपछि अमेरिकाले सैन्य सहयोगसँगै गुप्तचर साझेदारी पनि रोकेको थियो। त्यसपछि रुसले निरन्तर आक्रमण गरेको हो।

शुक्रबार डोन्सटकमा आठ आवासीय भवन तथा दुई डिपार्टमेन्टल स्टोरमा आक्रमण भएको हो। सोही आक्रमणमा ११ जना मारिएका थिए। शुक्रबार र शनिबार त्यो क्षेत्रमा भएको अन्य आक्रमणमा ९ जनाको ज्यान जानुका साथै १३ जना हराए।

शनिबार खार्किभमा भएको अर्को आक्रमणमा तीन जनाको ज्यान गयो भने सात जना घाइते भए। शुक्रबार नै ओडिषाको ऊर्जा केन्द्रमा लक्षित गर्दै रुसले अर्को आक्रमण गरेको थियो।

शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनीसँगको सम्झौता रुससँगको भन्दा कठिन भएको प्रतिक्रिया दिएका थिए।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ५ : ४३ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको