फरेस्टसँग म्यानचेस्टर सिटी पराजित | Khabarhub Khabarhub

फरेस्टसँग म्यानचेस्टर सिटी पराजित


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी १-० पराजित भएको छ। कालुम हडसन कोलाइको गोलमा नटिङघम फरेस्टले सिटीलाई हराएको हो।

गएराति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ८३ औँ मिनेटमा मोर्गान गिब्स ह्वाइटको पासलाई उपयोग गर्दै हडसनले सिटीविरुद्ध निर्णायक गोल गरेका हुन्।

तालिकामा फरेस्ट ५१ अङ्कसहित तेस्रो तथा सिटी ४७ अङ्कसहित चौथो स्थानमा छन्। पाँचौँ स्थानमा रहेको चेल्सीले आइतबार लिसेस्टर सिटीलाई हराउँदै सिटीलाई पछि पार्ने सम्भावना छ।

यो पराजयपछि सिटी र ब्रिङटन पनि सिटीको नजिक पुगेका छन्। ब्रिङटनले शनिबार भएको खेलमा फुलहामलाई २-१ ले हरायो। यसैगरी, अस्टन भिल्लाले पनि ब्रेन्टफोर्डसँगको खेलमा १-० को सफलता पायो। ब्रिङटन ४६ अंकसहित छैटौँ तथा अस्टन भिल्ला ४५ अङ्कसहित सातौँ स्थानमा छ।

शनिबार भएका प्रिमियरसिपका अन्य खेलमा उल्भ्स र एभरटन बिच १-१ गोलको बराबरी भयो भने त्रिस्टल प्यालेसले इप्सविचलाई १-० ले हरायो।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ६ : ३१ बजे

भारतले तेस्रो पटक जित्याे च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं – भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीकोको उपाधि जितेको छ

काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदुषण

काठमाडौं – काठमाडौं उपत्यकामा प्रदुषण बढेको छ । मौसम पूर्वानुमान

महिलाको हत्यामा संलग्न पाँचजना पक्राउ

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा संलग्न एक नाबालकसहित

सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना

काठमाडौं – काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ

अब कुनै पनि बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट छैन : मन्त्री चाैधरी

कर्णाली – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अब कुनै पनि