सोमबार हुने शान्ति वार्तामा इजरायली प्रतिनिधिमण्डल दोहा जाने | Khabarhub Khabarhub

सोमबार हुने शान्ति वार्तामा इजरायली प्रतिनिधिमण्डल दोहा जाने


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध विरामका लागि वार्ता गर्न दोहामा प्रतिनिधिमण्डल पठाउने भएका छन्। मध्यस्थकर्ताको निमन्त्रणालाई स्वीकार गर्दै सोमबार प्रतिनिधिमण्डल पठाउन लागिएको नेतान्याहुले बताए।

इजरायल अधीनस्थ वेस्ट बैंकको मासाफर क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा अहिले पनि धेरै जना घाइते भएका छन्।

अरब देशले युद्ध विरामका लागि गरेको पहलको समर्थनमा बेलायत, जर्मनी, फ्रान्स र इटालीका विदेश मन्त्रीले विज्ञप्ति जारी गरेपछि युद्ध विरामका लागि वार्ताको वातावरण बनेको हो।

अजरबैजानका विदेशमन्त्री जेहुन बायमोभले पनि गाजमा युद्ध विरामको आवश्यकताका बारे बोलेका छन्।

अहिले इजरायली अवरोधका कारण गाजामा खाने, तेल र औषधीको अभाव हुन थालिसकेको छ। यस विकराल अवस्थामा पनि हमासले अल्पकालीन युद्ध विरामको प्रस्ताव अमान्य हुने बताएको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ९ : १८ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार ३ गते मंगलबार। असार

आज २०८२ साल असार ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३ गते मंगलबार। असार

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र