चरेससहित पर्सामा तीन जना पक्राउ « Khabarhub

चरेससहित पर्सामा तीन जना पक्राउ


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

 
पर्सा– पर्सा प्रहरीले चरेससहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका-२ का २३ वर्षीय लडु राम, पर्सा बिन्दवासिनी गाउँपालिका-३ का ३५ वर्षीय सरोज साह र वीरगन्ज महानगरपालिका-११ का २३ वर्षीय रवि चौधरी रहेका छन्।

उनीहरूलाई वीरगन्ज महानगरपालिका-१५ ब्रहमचोकबाट फागुन २४ गते राति साढे १० बजे पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।

कोठा भाडामा लिएर बसेका तीनै जनालाई प्रहरी चौकी भीष्वाडाँडाबाट खटिएको टोलीले पक्राउ गरेको मिश्रले बताए।

उनीहरूको कोठाबाट ६ किलो ५९० ग्राम चरेस बरामद भएको छ। पक्राउ परेकालाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १ : ३५ बजे

‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी’ आन्दोलनका अगुवाले राखेका विषयलाई

अर्थमन्त्रीले भनेः तोकिएकै समयमा नै निर्वाचन हुन्छ

नेपालगन्ज – अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकारले तीन कार्यभारसहित काम

गोरखाको रिपुम गुम्बामा आगलागी

गोरखा- गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ। आइतबार दिउँसो आगलागी

जनार्दन शर्माको नेतृत्वमा प्रलोपाले बनायो निर्वाचन परिचालन र संवाद समिति

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले जर्नादन शर्माको संयोजकत्वमा निर्वाचन

‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन

काठमाडौं – गत असोज ३१ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र