‘नसर्ने रोगका प्रमुख कारण सूर्ति तथा मदिराजन्य पदार्थ’ « Khabarhub

‘नसर्ने रोगका प्रमुख कारण सूर्ति तथा मदिराजन्य पदार्थ’


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूर्ति तथा मदिराजन्य पदार्थको प्रयोग शरीरका लागि अति घातक रहेको विज्ञहरूले बताएका छन् । 

नसर्ने रोगको प्रमुख कारण सूर्ति तथा मदिराजन्य  पदार्थ रहेको र यसको सेवनले अति घातक रोग निम्तिरहेको विज्ञहरूले बताएका हुन् ।

‘सूर्तिजन्य तथा मदिराजन्य पदार्थ प्रयोगको अवस्था, यसको प्रभाव र नियन्त्रण तथा नियमनसम्बन्धी स्वास्थ्य क्षेत्रका सञ्चारकर्मीहरूसँग छलफलमा क्यान्सर रोग विशेषज्ञ प्रा.डा विवेक आचार्यले सूर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने बताए। 

उनले भने, ‘सूर्तिजन्य पदार्थले १२ देखि १३ प्रकारका क्यान्सर गराउँछ । यो एकदमै घातक हो । मुटुरोग, मष्तिष्कघात, फोक्सोको समस्या आदि यसले निम्त्याउन सक्छ । यसले स्वास्थ्यमा असर पार्नुका साथै आर्थिक भार थपेको छ ।’

उनले वयस्कमा चुरोट सेवनको लत बढिरहेको बताउँदै नेपालमा अबको २० देखि ३० वर्षमा क्यान्सर खेप्न नसकिने अवस्थामा देखिने बताए।

‘सूर्तीजन्य पदार्थको कानुन कार्यान्वयन गर्न सकेका छैनौँ । क्यान्सर बढ्दो अवस्थामा छ । अहिले नै रोकथाममा सम्बोधन नगरेपछि भयावह स्थिति आउन सक्छ’, उनले भने।

राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गानाले विश्वमा मदिराको हानिकारक प्रयोगका कारण हरेक वर्ष ३० लाख मानिसको मृत्यु हुने बताए। 

उनले भने, ‘मदिराको प्रयोगले दुई सय भन्दा बढी रोग र चोटपटक लाग्ने अवस्था निम्त्याउँछ । यसले अकालमा मृत्यु गराउने र जीवनशैलीमा ह्रास ल्याउँछ ।’ 

मदिराको उपलब्धतामा भएका प्रतिबन्धलाई बढावा दिने, स्क्रिनिङ सहजताका साथै उपचारमा पहुँच, विज्ञापन, प्रायोजन तथा पदोन्नतिमा व्यापक प्रतिबन्ध, अन्तःशुल्क तथा मूल्य निर्धारण नीतिमार्फत मदिराजन्य पदार्थमा मूल्य वृद्धि गर्नुपर्ने उनको भनाइ छ ।

केन्द्रका निर्देशक डा केशवराज पण्डितले नसर्ने रोगको भारको मुख्य कारकमध्ये सूर्तिजन्य तथा मदिराजन्य पदार्थ रहेको बताए । उनले यी सम्बन्धी बनेका कानुन कार्यान्वयनमा समन्वय आवश्यक रहेको बताए।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ६ : १३ बजे

समीरले सुरु गरे ‘१२ गाउँ २’को सुटिङ

काठमाडौं – डेब्यू फिल्म ‘१२ गाउँ’बाट चर्चामा आएका नायक समीर

वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण

काठमाडौं– वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य

सुकुम्वासी विस्थापन र प्रेसमाथि ‘नाकाबन्दी’विरुद्ध नेकपा (संयुक्त)को सडकमै पत्रकार सम्मेलन

काठमाडौं– नेकपा (संयुक्त)ले सुकुम्वासीहरूको अमानवीय विस्थापन र प्रेस क्षेत्रमाथि भइरहेको आर्थिक

पूर्णबहादुरसँग गगन-विश्वको एक घण्टा संवादपछि सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवादको निकास अझै ननिस्किएका बेला बुधबार

होर्मुजमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण, चालक दलका केही सदस्य घाइते

तेहरान- मध्यपूर्वमा बढ्दो तनावबीच होर्मुज जलडमरूमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण