ट्रम्प नीतिको त्रास : ओरालो लाग्यो अमेरिकाको शेयर बजार | Khabarhub Khabarhub

ट्रम्प नीतिको त्रास : ओरालो लाग्यो अमेरिकाको शेयर बजार


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यान्वयनमा ल्याएको करको निर्णयपछि उत्पन्न त्रासले अमेरिकाको शेयर बजारमा ठुलो असर देखिएको छ।

अमेरिकाको सेयर बजारमा अत्यधिक प्रभाव राख्ने नास्डकमा सोमबार चार अंकको गिरावट आएको हो। सन् २०२२ पछि एकै दिन यसरी गिरावट आएको यो पहिलो पटक हो।

टेस्लाको शेयर १५.४ ले घटेको छ। चिप मेकर नभिडियाको सेयर ५ प्रतिशतले घटेको छ। मेटा, अमेजन र अल्फाबेटको शेयरमा पनि नकारात्मक प्रभाव परेको छ।

राजनीतिक विवादको बारेमा सोधिएको प्रश्नमा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी राजनीति अहिले सङ्क्रमण कालमा रहेको बताए लगत्तै यसको असर शेयर बजारमा परेको हो।

बिहीबार रेकर्ड गरिएको फक्स न्युजको अन्तरवार्ता आइतबार प्रसारण भएको थियो। उनले अमेरिका लागि धेरै गरिरहेका कारण यो सङ्क्रमण काल भएको बताएका थिए।

सोमबार ह्वाइट हाउसका प्रवक्ता केस देसाइले औद्योगिक नेताले ट्रम्पको करको निर्णय लगायत एजेन्डालाई साथ दिनुपर्ने बताएका छन्।

गत साता शेयर बजार उत्साहित थियो। एक साता अघिसम्म नोभेम्बरमा राष्ट्रपति पदमा ट्रम्प निर्वाचित हुनु अगाडिकै अवस्थामा रहेको शेयर पछिल्ला दिन ओरालो लागेको हो। धरै लगानीकर्ता अहिले विदेशबाट आउने कच्चा पदार्थमा कर लगाउने निर्णयको असरका कारण डराएका छन्।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ५ : ५१ बजे

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा

कसरी भयो सुनको भाउमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट ?

काठमाडाैं – सुनको मूल्यमा तीव्र गिरावट आएको छ। महँगो धातुको

नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू)

काठमाडाैं । नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने

५० ओभर नै स्पिनर प्रयोग गर्ने पहिलो टोली बन्यो वेस्ट इन्डिज

काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय श्रृङ्खलामा नयाँ इतिहास रचेको

माल्दिभ्समा चम्किएकी कामना बिष्ट

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली