शेयर बजार राताम्य, ३२ अंकले घट्यो नेप्से  « Khabarhub

शेयर बजार राताम्य, ३२ अंकले घट्यो नेप्से 


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजार लगातार ८ दिन देखि राताम्य छ । बजार निरन्तर घट्नेक्रममा दैनिक उच्च अंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटिरहेको छ ।
 
आज नेप्से ३२.२१ अंकले घटेर २७१९.२० विन्दुमा पुगेको छ । नेप्से १.१७ प्रतिशतले घट्दा ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता शेयर कारोबार भएको छ । 

आज ३२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ । यस्तै ३०३ वटा कम्पनी कारोबारमा आउँदा ९२ हजार ३१ पटक शेयर किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये विकास बैंक समूह बाहेक अन्य सबै समूह राताम्य छ । विकास बैंक समूह भने १.९३ प्रतिशतले बढेर ५ हजार ८७९.३१ विन्दुमा पुगेको छ । 

सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह २.४९ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.१० प्रतिशतले घटेको छ । .

त्यस्तै, विकास बैंक समूह ०.७१ प्रतिशतले, फाइनान्स १.५७ प्रतिशतले, होटल तथा पर्यटन १.१३ प्रतिशतले, हाइड्रोपावर १.५१ प्रतिशतले, लगानी १.८९ प्रतिशतले, जीवन बीमा १.३० प्रतिशतले, लघुवित्त ०.८९ प्रतिशतले, निर्जीवन बीमा ०.९९ प्रतिशतले, अन्य समूह १.६८ प्रतिशतले र ट्रेडिङ समूह १.७९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ३ : १० बजे

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

सर्लाही– सर्लाहीको रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी

संसद्‍मा आज प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने : अर्थमन्त्री वाग्लेले जवाफ दिने

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ

ज्याकराण्डाले सिंगारियो लेकसाइडको गौरीघाट (तस्बिरहरु)

पोखरा– पर्यटकीय शहर पोखराको गौरीघाट क्षेत्र यतिबेला बैजनी रङका ज्याकरण्डा

आईपीएल : सर्वाधिक विकेटकर्ताको लडाइँमा भुवनेश्वरकुमार र रबडा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा भुवनेश्वर कुमार सिंह