पोखरा महानगर क्षेत्रको फोहर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार  | Khabarhub Khabarhub

पोखरा महानगर क्षेत्रको फोहर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार 


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा महानगर क्षेत्रको फोहर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार भएको छ । महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड, एन.जे.एस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा उक्त गुरुयोजना तयार भएको हो । 

पोखरा महानगरपालिकाका चार वटा क्षेत्रहरूमा प्रशोधन केन्द्रहरू नै निर्माण गरी फोहोर पानी प्रशोधन मार्फत पुन प्रयोगका लागि योग्य बनाएर नदी तथा तालहरूमा छोडिने गुरुयोजनामा उल्लेख छ । महानगरको पश्चिम क्षेत्र, मुख्य सहरी भाग, हेमजा क्षेत्र र पूर्वी भागमा फोहोर पानी प्रशोधन केन्द्रहरू स्थापना गरिनेछन् । यी केन्द्रहरू मार्फत प्रतिदिन १ लाख ३४ हजार घन मिटर पानी प्रशोधन हुनेछ । 

गुरुयोजना अनुसार पानी प्रशोधन क्षेत्रका लागि पाइपलाइन योजना विकास र सबै प्रणालीहरूमा छुट्टाछुट्टै ढलहरू प्रयोग हुनेछ भने, दुर्गम भूभागहरूमा पानी सङ्कलनका लागि विभिन्न स्थानहरूमा पम्प स्टेसन र म्यानहोल पम्प जडान गर्ने योजना रहेको नगर प्रमुख धनराज आचार्यले जानकारी दिए । प्रमुख आचार्यले ११ अरब रुपैयाँ लागतको यो परियोजना अनुसार फोहोर पानीको प्रशोधन केन्द्र सञ्चालन गर्दा वातावरणीय स्वच्छता प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

‘अब हामीले आकाशबाट पर्ने पानी, भान्साबाट निस्कने पानी, बाथरुमबाट निस्कने पानी लगायत ढलमा मिसाइएका कुनै पनि चिजलाई यत्तिकै छोड्न मिल्दैन, उनले भने, यसले वातावरण प्रदूषण भइरहेको छ, भन्ने विश्वव्यापी रूपमा नै चिन्तन भइरहेका बेला पोखराका विभिन्न चार स्थानमा पोइन्टहरु निर्धारण गरी जाइकाले यसमा सहयोग गर्ने भएको हो । जानेर वा नजानेर हाम्रा ढलहरू सिधै खोलामा मिसिने गरेका छन् । अव यो योजना अनुसार फोहोर पानीलाई प्रशोधन गरेर मात्र खोलामा मिसाइने छ ।’

दिगो विकासको लक्ष्य अनुसार सन २०३० सम्म सबै सहरमा व्यवस्थित ढल निकासको व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसको लक्ष्य भेट्नलाई पनि यो परियोजना पोखराका लागि महत्त्वपूर्ण रहेको नगर प्रमुख आचार्यले बताए।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ६ : ०२ बजे

युरोपेली सुरक्षामा आँच नपुर्‍याउन चीनलाई इयूको आग्रह

ब्रसेल्स– युरोपेली सङ्घ (यू) का विदेश मामिला प्रमुख काजा कल्लासले

शैल रूपाखेती जर्मनीका लागि राजदूतमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा जर्मनीका लागि आवासीय राजदूत

गायन र क्यारिकेचरमा जमेका प्रोशेष : सरकारी जागिरको दबाब छल्न संगीत रोजेँ

काठमाडौं – प्रोशेष पाण्डे जन्म वि.सं २०६३ असार महिनामा भयो

इजरायलसँगको युद्धपछि चिनियाँ जे–१०सी लडाकु विमान किन्ने इरानको तयारी

काठमाडौं– गत महिना, जब दर्जनौँ इजरायली र अमेरिकी युद्धक विमानहरूले

श्रीमती बचाउन गएका खड्कलालको करेन्ट लागेर मृत्यु

बाँके–  बैजनाथ गाउँपालिका-२ कलरामपुर स्याली गाउँ बस्ने ७३ वर्षीय खड्कलाल जैसीको करेन्ट