अमेरिकाले आयातमा लगाएको २५ प्रतिशत कर बुधबार रातिदेखि कार्यान्वयन हुँदै « Khabarhub

अमेरिकाले आयातमा लगाएको २५ प्रतिशत कर बुधबार रातिदेखि कार्यान्वयन हुँदै


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने स्टिल र अल्मनियममा २५ प्रतिशत कर लगाउने विषयमा गरेको निर्णय बुधबार रातिदेखि कार्यान्वयनमा जाँदैछ।

केही घण्टा अघि मात्र ट्रम्पले ती सामानमा घोषणा भएको कर कार्यान्वयन हुने बताएका हुन्। क्यानडाको ओन्टरियो प्रान्तले अमेरिकाको उत्तरी राज्यमा लाने बिजुलीको मूल्यमा २५ प्रतिशत वृद्धि गर्ने निर्णयबाट फिर्ता हुने जनाए पनि ट्रम्प २५ प्रतिशत करको निर्णयबाट पछि नहट्ने बताएका हुन्।

ओन्टरियोका प्रिमियर ड्रग फोर्डले अमेरिकासँगको वार्ता भइरहेको तथा अमेरिकी वाणिज्य मन्त्री हवार्ड लुटनिकले आफूलाई वार्ताका लागि अमेरिका बोलाएको बताएका छन्।

क्यानडाले लगाएको २५ प्रतिशत मूल्य वृद्धिले मिनोस्टा, न्युयोर्क र मिचिगनमा १५ लाख घर तथा व्यवसाय प्रभावित हुने थिए। क्यानडाका अनुसार उसले अमेरिकामा दैनिक १२ हजार मेघावाट बिजुली बिक्री गर्ने गरेको छ।

फेब्रुअरी महिनामा नै भएको निर्णय अनुसार बुधबार रातिदेखि थप कर लागु हुने देशमा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, युरोपेली युनियनका देश, जापान, मेक्सिको, दक्षिण कोरिया र बेलायतमा प्रभाव पर्ने छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ६ : २० बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग