‘झोला’का निर्देशक भट्टराईको फिल्म ‘झिल्को’ को टिजर सार्वजनिक, मोबाइल एडिक्सनको नौलो कथा « Khabarhub

‘झोला’का निर्देशक भट्टराईको फिल्म ‘झिल्को’ को टिजर सार्वजनिक, मोबाइल एडिक्सनको नौलो कथा


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘झोला’ फिल्मका निर्देशक यादकुमार भट्टराईको नयाँ फिल्म ‘झिल्को’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार एक मिनेट १६ सेकेन्डको टिजर सार्वजनिक गरेको हाे ।

टिजरले मोबाइल एडिक्सन अर्थात् मोबाइलको लतले बालबालिकामा पार्ने मानसिक असरमा फिल्म बनेको प्रष्ट हुन्छ । टिजर एक बालिका मोबाइल एडिक्सनमा परेपछि उत्पन्न हुने समस्यामा केन्द्रित छ ।

टिजरमा फिल्मका केन्द्रीय कलाकार सुनील पोखरेल, वर्षा सिवाकोटी, आयुषी ढकाल, विशाललाई देख्न सकिन्छ । फिल्ममा उनीहरुसहित विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ र जेभिस श्रेष्ठको अभिनय रहने बताइएको छ ।

निर्देशक भट्टराई सामाजिक विषयवस्तुमा फिल्म बनाउने फिल्मकर्मीका रुपमा चिनिन्छन् । यसअघि उनले फिल्म ‘झोला’मा सती प्रथा र ‘भोर’मा दाइजो प्रथा विरुद्धको कथा उठान गरेका थिए ।

यो पटक भने उनले अहिलेको सान्दर्भिक विषय मोबाइल एडिक्सनको कथा उठान गरेका छन् । यसअघि मोबाइल एडिक्सन मुद्दा उठान गरेर कुनै नेपाली फिल्म बनेका छैनन् ।

प्रविधिको सामाजिक विस्तारीकरण र यसले पार्ने प्रभावबारे ‘झिल्को’ निर्माण भएको निर्देशक भट्टराईको भनाइ छ ।

‘झिल्को’ को कथा र पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देवव्रतसँग मिलेर तयार पारेका हुन् । मिडिया फर कल्चर प्रालिको प्रस्तुति र जनता टीभीको सहकार्यमा बनेको यो फिल्म आगामी वैशाख १९ गते रिलिज हुँदैछ ।

यसअघि भने यो फिल्मको प्रदर्शन मिति पुस ५ गतेलाई तोकिएको थियो ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ११ : ११ बजे

इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु

लेबनान- दक्षिणी लेबनानमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित कम्तीमा

नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’

काठमाडौं- नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्‍याउँदै आएको सेवाका लागि एसिया

ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग

काठमाडौं– ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामग्री सहयोग

नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग

काठमाडौं- नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरूमा बीमा सेवामा सहजीकरण