विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण | Khabarhub Khabarhub

विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको कोहलपुरमा अति विपन्न समुदायका लागि ४० लाखको लागतमा नमूना बस्ती निर्माण सुरु भएको छ । नगरपालिका–१४ हवल्दारपुरमा रहेका चिडिमार तथा खटिक परिवारका लागि बस्ती निर्माण थालिएको हो । 

नगरपालिकाको पहलमा छिमेक सेवा समाजले अति विपन्न चिडिमार तथा खटिक समुदायलाई घर बनाइदिने भएपछि  वर्षौंदेखि छाप्रोमा सकसपूर्ण जीवन बिताइरहेका उनीहरु पक्की घरमा बस्न पाउने छन् । 

नमूना बस्ती निर्माण कार्यक्रमअन्तर्गत पहिलो चरणमा आठ घर निर्माण थालिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताए। विपन्न परिवारको जीवनस्तर माथि उठाउने स्थानीय सरकारको कर्तव्य भएकाले नमूना बस्ती निर्माण सुरु गरिएको उनले बताए। 

समाजले अन्य ठाउँमा पनि विपन्न समुदायका लागि नमूना बस्ती निर्माण कार्यक्रमअन्तर्गत आवास बनाउने भएको छ । हवल्दारपुरमा करिब ३० परिवार चिडिमार र खटिक समुदायको बसोबास रहेको कोहलपुर–१४ का वडाध्यक्ष नमबहादुर आलेले बताए। उनले आठ वटा घरका लागि रु ४० लाख लागत रहेको र शौचालय, पानी र बाटोका लागि स्थानीय सरकारले सहयोग गर्ने जानकारी दिए।  

सामाजिक अभियन्ता एलबी कार्कीले आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको बताए। संस्थाले दुईकोठे पक्की घर बनाइदिनेछ । वर्षौंदेखि झुप्रोमा बस्दै आएका उनीहरु पक्की घर पाउने भएपछि खुसी छन् । गर्मीयाममा जसोतसो दिनरात कटे पनि वर्षायाम र चिसोयाममा सकसपूर्ण अवस्था ब्यहोर्नु परेको मोलहे खटिकले दुखेसो सुनाए । 

पहिलो चरणमा मोलहे खटिक, जोखन खटिक, मनोहर चिडिमार, राधे चिडिमार, ओम प्रकाश चिडिमार, माताप्रसाद कुर्मीलगायत विपन्नका घर निर्माण हुनेछन् । 

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ७ : ५० बजे

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी

हस्ताक्षर अभियानबारे योगेशको टिप्पणी- यो चलिरहने संसदीय अभ्यास हो, गोकुलले भने- बोलाएर आएँ, अरू थाहा भएन

काठमाडौं- उपसभामुख इन्दिरा राना मगरलाई हटाउन महाभियोग लगाउने प्रयोजनका लागि

चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ मा रहेको वाङ यीको भनाइ

नयाँ दिल्ली- चीन र भारतबीचको सम्बन्ध सहयोगको दिशामा ‘सकारात्मक प्रवृत्ति’

रिलायन्स स्पिनिङ मिल्सको नाफा ४२ प्रतिशतले बढ्यो

काठमाडौं– रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८१/८२ मा उद्योगले अघिल्लो

हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

काठमाडौं– हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्बिर अङ्कित हुलाक