शंकरदेव क्याम्पसमा तालाबन्दी, स्ववियु चुनाव अनिश्चित « Khabarhub

शंकरदेव क्याम्पसमा तालाबन्दी, स्ववियु चुनाव अनिश्चित


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं– आसन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनको विषयमा शंकरदेव क्याम्पसमा स्ववियु सभापतिले स्ववियुको कोष दुरुपयोग गरि भर्ना गरेको विषय निकालेर तालाबन्दी गरिएको छ ।

स्ववियुले गरिब, पिछडिएका, अपाङ्ग तथा जेहनदार विद्यार्थीको नाममा रहेको  कोषबाट स्ववियु सभापतिले चार सयभन्दा बढि विद्यार्थीको भर्ना गरिएको विषय उठेपछि एमाले निकट अनेरास्ववियुले  तालाबन्दी गरेको हो ।

‘स्ववियु सभापति नै फर्जी भर्ना गर्ने जस्तो गलत  काममा लागेपछि हामिले छानबिनको माग गरेका हौ, फर्जी विद्यार्थीको भर्ना खारेज गरिनुपर्छ, अन्यथा निर्वाचन हुने वातावरण बन्दैन’ , शंकरदेव क्याम्स अनेरास्ववियु निकट एकजना नेताले बताए ।

स्ववियु सभापति शुसान्त बस्नेतले भने ‘अन्य संगठनले उठाएको विषय आफूले भर्ना गरेको विषय होइन अनेरास्ववियुले फर्जी भर्ना गरेको सूचना आएको छ । छानविन हुनुपर्छ भनेर मैले क्याम्पस प्रमख र निर्वाचन अधिकृतलाई  भनिसकेको छु ।’

शंकरदेव क्याम्पस स्ववियु निर्वाचन अधिकृत धूर्व सुवेदीले असामान्य परिस्थिति उत्पन्न भएकोले अर्को सूचना नआएसम्म स्ववियु चुनाव स्थगित भएको सूचना निकालेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  १० : २९ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास