वीरेन्द्रनगरमा गुडिरहेको गाडीबाट हाम फाल्दा एक जनाको मृत्यु « Khabarhub

वीरेन्द्रनगरमा गुडिरहेको गाडीबाट हाम फाल्दा एक जनाको मृत्यु


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा गुडिरहेको फोर्स गाडीबाट हाम फाल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–१२ नेवारे का ३७ वर्षीय लक्ष्मीप्रसाद उपाध्याय रहेका छन् ।

गए राति ११ बजेको समयमा वीरेन्द्रनगर–१२ तीनकुने चोकबाट ईत्रामतर्फ जाँदै गरेको भे १ ख १९०४ नम्बरको फोर्स गाडीको ढोकाबाट सडकमा हाम फाल्दा उनी घाइते भएका थिए । घाइते उपाध्यायलाई तत्काल उपचारको लागि प्रदेश अस्पताल सुर्खेत लगेकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले बताए ।

उनको शव हाल प्रदेश अस्पतालको शव गृहमा राखिएको छ । गाडी चालक वीरेन्द्रनगर–१२ बस्ने २४ वर्षीय कुशल राना प्रहरीको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उपाध्याय वीरेन्द्रनगरमा लामो समयदेखि डेरी सञ्चालन गर्दै आएका थिए ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  १२ : ३७ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास