परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा.सरोजा कार्की पाण्डे नियुक्त « Khabarhub

परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा.सरोजा कार्की पाण्डे नियुक्त


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा धनुषाकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.सरोजा कार्की पाण्डे नियुक्त भएकी छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अस्पतालमै यसअघि १५ वर्ष वरिष्ठ कन्सल्ट्यान्टका रूपमा सेवा गरेकी पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

डा. पाण्डेले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्त्री रोग विशेषज्ञ एमडी गरेकी हुन् । यसअघि भरतपुर अस्पतालकी रजिष्ट्रार रहिसकेकी डा.पाण्डेले प्रसूति तथा स्त्री रोग सम्बन्धी नीति निर्माण तथा प्रशिक्षकको भूमिका समेत निर्वाह गरिसकेकी छन् ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा उनले नेपालमा प्रजनन तथा महिला स्वास्थ्यका विविध आयामबारे अनुसन्धानात्मक लेख प्रकाशन गरिसकेकी छन् । 

प्रसूति अस्पतालमा मन्त्री पौडेलले जन्मनासाथ हुने अपांगताको निःशुल्क परीक्षण आरम्भ गरेका थिए । यसलाई निर्देशिका बनाएर देशैभरका प्रसूति सेवा प्रदान गर्ने अस्पतालमा समेत कार्यान्वयन गरिएको छ । 

डा.पाण्डेको नियुक्तिपछि मन्त्री पौडेलले अघि सारेको मातृ शिशु स्वास्थ्य सेवा सुधारको योजनामा थप योगदान हुने विश्वास गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ४ : ५६ बजे

काठभित्र १०० टन लागूऔषध

सान्टियागो- चिलीका सुरक्षा तथा भन्सार निकायहरूले काठको ठूलो ढुवानीभित्र लुकाएर

कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिना बढीको आयात धान्ने

काठमाडौं– चालु आर्थिक वर्षको १० महिना अर्थात् बैशाख मसान्तसम्म नेपालमा

४१ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, १० महिनामा १९ खर्ब बढी भित्रियो

काठमाडौं– चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाखसम्म नेपालमा विप्रेषण

उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजिप्टका राजदूत शेरिफ मुस्ताफा

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमण : अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर– महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल नहरको