दर्शकले किन पत्याएनन् नम्रताको ‘एक्सन’ अवतार? « Khabarhub

दर्शकले किन पत्याएनन् नम्रताको ‘एक्सन’ अवतार?


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नम्रता श्रेष्ठलाई दमदार अभिनय गर्ने नायिकाका रुपमा लिने गरिन्छ । त्यति मात्र होइन, उनले आफूले निभाएको चरित्रलाई पनि कुशलताका साथ प्रदर्शन गरेकी हुन्छिन् । पछिल्लो समय उनी चलचित्र ‘जाइरा’ मा एक्सन अवतारमा देखिएकी थिइन् । यही चलचित्रका लागि उनले कपाल समेत छोटो बनाएका थिइन् । चलचित्र निर्माण हुन पनि लामो समय लागेको थियो ।

‘जाइरा’ भन्दाअघि रिलिज भएको चलचित्र ‘प्रसाद’ ले बरु दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । सो चलचित्रमा नम्रताले निभाएको भूमिकाको पनि उस्तै चर्चा र प्रशंसा भएको थियो । तर, हालै रिलिज भएको चलचित्र ‘जाइरा’ ले भने नम्रतालाई जिल्ल पारेको छ । यो चलचित्रमा नम्रता एक्सन अवतारमा देखिएकी थिइन् ।

त्यसो त नेपालमा एक्सन चलचित्र खासै सफल हुन सकेका छैनन् । तर, विदेशी एक्सन चलचित्रमा दर्शकको बढी ध्यान छ । एक्सन चलचित्रको बजार बलिउड र हलिउडले आफ्नो पोल्टामा पारेको छ ।

एक्सनप्रधान नेपाली चलचित्रले बजार नपाइरहेका बेला नम्रताको ‘जाइरा’ प्रदर्शनमा आएको थियो । मार्सल आर्ट खेलाडीको भूमिकामा उनी थिइन् । तर, दर्शकले यो चलचित्रलाई खासै मन पराएनन् ।

त्यसो त नम्रतालाई ‘लभर गर्ल’ का रुपमा दर्शकले रुचाएका छन् । नम्रताले एक्सन अवतारमा पनि दर्शकले रुचाऊन् भन्ने चाहेकी थिइन् । तर, फिल्मबाट उनले आशा गरेजस्तो प्रतिक्रिया पाइनन् । अहिले भने अब नम्रता कस्तो भूमिकामा देखिएलिन् भन्नेमा धेरैको चासो छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  १२ : २१ बजे

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि

२४ घण्टामा देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही फागुन

बजार अनुगमन तीव्र, एक फर्मलाई पाँच हजार रुपैयाँ जरिवाना

काठमाडौं– बजार अनुमगनलाई तीव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना