ट्रम्प र पुटिन वार्ता हुँदै : के के छन् प्रमुख मुद्दा ? | Khabarhub Khabarhub

ट्रम्प र पुटिन वार्ता हुँदै : के के छन् प्रमुख मुद्दा ?

सकारात्मक कुराकानी हुने ट्रम्पको विश्वास


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लाडिमिर पुटिनसँग मंगलबार बहु प्रतीक्षित फोन वार्ता गर्दैछन्। वार्ता हुनु अघि अन्य धेरै ‘कम्पोनेन्ट’ सकारात्मक भएको ट्रम्पले बताएका छन्। उनले ट्रुथ सोसलमा मंगलबार बिहान वार्ता सकारात्मक हुने बताएका हुन्।

उनले प्रत्येक साता दुवै दक्षमा २५०० सेना मारिने क्रमको अन्त्य आवश्यक भएको समेत बताए। यसअघि नै उनले सञ्चारकर्मीसँग शान्ति स्थापना गर्न सकिने कुरामा आशावादी रहेको बताएका थिए।

बेलायत र फ्रान्सले पुटिनले आफू शान्ति पक्षधर रहेको पुष्टि गर्न आवश्यक समय आएको बताए। फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोले भोलोडोमिर जेलेन्स्की युद्ध विरामको पक्षमा रहेकोमा सहना गर्दै पुटिनलाई पनि शान्ति स्थापनाको पक्षमा उभिन चेतावनी दिएका हुन्।

बेलायती विदेश सचिव डेभिड लेमीले रुसले नि शर्त युद्ध विराम गर्ने समय आएको बताए। उनले बेलायत र अन्य निकट शक्तिसँग रुसलाई युद्ध विराममा ल्याउनका लागि कार्ड भएको समेत बताए।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलीन लेभिटले ट्रम्पकै प्रयासमा मात्र युद्ध विराम सम्भव देखिएको प्रतिक्रिया दिइन्।

रुसले सन् २०२२मा नियन्त्रणमा लिएको युरोपको सबै भन्दा ठुलो आणविक भट्टी झम्पोझारियाका बारे छलफल हुनेछ। ट्रम्पले रुसले जमिन कब्जा गर्ने विषयमा वार्ता गरी रहेको तथा आफूले आणविक भट्टीमा हुन सक्ने जोखिमका बारे कुरा गरी रहेको बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन । तस्बिरः एजेन्सी

युक्रेनी राष्ट्रपति जेलेन्सकीले रुसले युद्ध टार्न चाहेको रहेको आरोप लगाए। रुसी राष्ट्रपति पुटिनले आफ्नो कुरारू सूचीबद्ध गरेर मात्र वार्ता गर्ने बताए। युद्ध भइरहेको कस्क क्षेत्रको स्वामित्वको विषय अमेरिका र ट्रम्पको वार्ताको मुख्य विषय हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ६ : ३० बजे

फलामले लागेर क्रेन अपरेटरको मृत्यु

बारा– बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा गए

भारत–अमेरिका व्यापार वार्ता असफलताको अन्तर्य

काठमाडौं- पाँच चरणको व्यापार वार्तापछि भारतीय अधिकारीहरू अमेरिकासँग अनुकूल सम्झौता

हिरोसिमा र नागासाकी पुगेर जापानीले सम्झिए आणविक हतियारको पीडा

आजभन्दा ठिक ८० वर्षअघि। अगस्ट महिनाको महिनाको ६ देखि ९

मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने

झापा– झापाको कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले

४१ स्थानमा सशस्त्रको मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना

काठमाडौं– सशस्त्र प्रहरीले काठमाडौं उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य