२५ करोड बोकेको ट्रक चालक कुसाङ भरिया मात्रै (तस्बिरहरू) « Khabarhub

२५ करोड बोकेको ट्रक चालक कुसाङ भरिया मात्रै (तस्बिरहरू)


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार बिहान विभिन्न देशका २५ करोड अवैध रकमसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा अहिलेसम्म भरिया मात्रै रहेको खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार २५ करोड नगदसहित पक्राउ सिन्धुपाल्चोकका ३९ वर्षीय कुसाङ लामाले आमाको नाममा निकालिएको ट्रक चलाउँदै आएका थिए ।

प्रारम्भिक बयानका क्रममा उनले आफूलाई दुईजना अपरिचित व्यक्तिहरूले अमेरिकी डलर र युरोपियन मुद्रासहितको रकम रसुवागढी हुँदै केरुङसम्म लगिदिन भनेका बस्नेतले बताए ।

‘दुईजना अमुक व्यक्तिले रकम दिएको कुरा उनले हामीलाई खुलाएका छन्’, उनले भने, ‘अहिलेसम्मको अनुसन्धानमा कुन्साङभरिया मात्रै रहेको खुलेको छ । रकम दिने दुई व्यक्तिबारे अहिले अनुसन्धान भइरहेकाले केही खुलिसकेको छैन ।’

कुसाङ यसअघि कलंकीबाट ७ केजी सुनसहित पक्राउ परेर ५ वर्ष जेल बसेपछि २०७८ सालमा रिहा भएको पनि खुलेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  २ : २१ बजे

होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशले तेल उत्पादन बढाउने

भियना- तेल उत्पादन गर्ने प्रमुख देशहरूको समूह ‘ओपेक प्लस’ मा

सुहाङको प्रस्ताव : सुकुम्वासीलाई राखिएको होल्डिङ सेन्टर अनुगमनमा तत्कालै जाऊँ

काठमाडौं- संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसद

संसदीय समितिमा विपक्षीले घेरे सरकारलाई, संसद् छलेर अध्यादेशको बाटोमा गएको आरोप

काठमाडौं- प्रतिपक्षी दलका सांसदहरुले संसद्लाई छलेर अध्यादेश ल्याइएको भन्दै आपत्ति

आशा जगाउने बजेट ल्याउछौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याउने बताएका

बागमतीका मुख्यमन्त्रीको घरमा पस्यो सम्पत्ति शुद्धीकरण विभाग

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागले