बारको चुनावमा डीएलए र पीपीएलएको गठबन्धन « Khabarhub

बारको चुनावमा डीएलए र पीपीएलएको गठबन्धन


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बार एशोसिएशनको निर्वाचनमा नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन, प्रगतिशिल तथा पेशागत कानून व्यसायी संगठन र राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठनले गठबन्धन गर्ने भएका छन् ।

आज एक विज्ञप्ती जारी गर्दै चैत्र २३ गते हुन लागेको निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको जानकारी दिइएको हो । विज्ञप्तीमा नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनका महासचिव ज्ञानेन्द्र प्रसाद अधिकारी, प्रगतिशिल तथा पेशागत कानून व्यसायी संगठनका महासचिव अमर थापा र राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठनका महासचिव ठाकुर प्रसाद आचार्यको हस्ताक्षर छ ।

‘न्यायापालिकामा आमुल सुधार र परिवर्तन गर्नुपर्ने टड्कारो आवश्यकतालाई महसुस गर्दै, करिव दश वर्ष संवैधानिक अभ्यासको पुनरावलोकन गरी संविधान संसोधन समेत गर्नुपर्ने र नेपाल बार एशोसिएशनको नीतिगत, संरचनागत र संगठनात्मक स्वरुप समेत परिवर्तन गर्न विधान संसोधनमा अधिकतम वखतमा बलियो कार्यसमिति निर्माण गर्न सतत् उद्देश्यका साथ हामीहरु एकै ठाँउमा उभिएको कुरा सगौरव अनुरोध गर्न चाहान्छौँ’ विज्ञप्तिमा उल्लेख छ ।

बारको चुनावमा यो संगठनबाट विजय प्रसाद मिश्रलाई अध्यक्षमा र महासचिवमा केदार प्रसाद कोइरालालाई अघि सारेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ८ : ५६ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि