शरीर बनाउन अमेरिका पुगे आमिर, गजनी या दंगल जस्तै धमाकेदार फिल्म बन्ने चर्चा « Khabarhub

शरीर बनाउन अमेरिका पुगे आमिर, गजनी या दंगल जस्तै धमाकेदार फिल्म बन्ने चर्चा


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् २००८ मा आमिर खानले जब फिल्म गजनीका लागि ८ प्याक शरीर बनाएका थिए तब फिल्म उद्योगका बडीबिल्डर अभिनेताहरु अचम्ममा परेका थिए । यी मिस्टर परफेक्शनिस्टको कडा मिहेनताको परिणाम थियो कि उनी एक वर्ष भित्र निकै परिवर्तन भएका थिए ।

आमिरको शरीर र उनको एक्शन भरपुर भएको फिल्म गजनीले फिल्म उद्योगमा निकै चर्चा कमाएको थियो । भने बलिउडमा पहिलो १०० करोड कमाउने फिल्म बनेको थियो । आजभोलि १०० करोड कमाउने कुरा सहज भएपनि आजभन्दा १० वर्ष अघि यस्तो अवस्था थिएन । गजनी क्रिस्टोफर नोलनको फिल्म मेमेंटोको रिमेक थियो ।

यसपछि फिल्म दंगलको लागि हरियाणाका पहलवान बनेको आमिरमले यति भेरै वजन बढाएकी मानिसलाई लागेको थियो आमिर एकदम क्रेजी भएका छन् । महावीर फोगटको भूमिका निभाउनका लागि उनले पहिला २७ किलो वजन बढाएर ९५ किलोका भएका थिए । जसका कारण आमिरको स्वास्थ्यमा समेत समस्या आएको थियो । तर पछि उनले ६ महिनाभित्र २५ किलो वजन घटाएका थिए ।

आमिरले धूम तीन, पीके जस्ता फिल्ममा फरक भूमिका देखाएका छन् तर दंगल तथा गजनिका लागि उनले आफनो शरीरमा ल्याएको परिवर्तनलाई विशेष ख्याल गरिने गरिएको छ ।

आमिर एकपटक फेरि खतरनाक स्तरमा शरीरलाई बनाउन लागि परेका छन् । न्यूयोकको चर्चित फिटनेश गुरु जेफ केवेलियरसँग भेटघाट गरेर उनीसँगै एक्सरसाइज पनि गरिरहेका समाचार भारतीय सञ्चारमाध्यमहरुमा छन् ।

आमिरले उनीसँग भेटेर व्यायाम गर्न थालेको विषय भारतीय फिल्म उद्योगमा चर्चामा पुगेको छ । आखिर किन आमिरले कडा व्यायाम गर्न थाले ? अहिलेसम्म कुनै खुलासा भएको छैन तर भारतीय फिल्म उद्योगमा भने आमिरले फेरि नयाँ फिल्म ल्याउन लागेको र त्यो गजनीको सिक्वेल पनि हुनसक्ने अनुमानहरु गरिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ९ : ४२ बजे

पाटनमा दाजुभाइमाथि चक्कु प्रहार घटना : सञ्जीवसहित तीनजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ललितपुरको पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गरी हत्या

संविधान संशोधन बहसपत्र कार्यदलले गर्याे पूर्वन्यायाधिवक्ता र कानुनविद्सँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

सिंहदरबारभित्रकै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, तिराइयो दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी